कोहलपुर ।
पछिल्लो २४ घण्टामा शुक्रवार बाँकेमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा ९ महिला र ५ पुरुषमा संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा १ महिला र ४ पुरुष गरेर ५ जना तथा मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा ८ महिला र १ पुरुष गरेर ९ जनामा संक्रमण पुष्टि भएको थियो । बागेश्वरीको ल्यावमा गरिएको परीक्षणमा भने बाँके जिल्लाभित्रका कसैलाई पनि संक्रमण पुष्टि भएको थिएन् ।
थपिएका संक्रमितमध्ये कोहलपुरका ८, नेपालगञ्ज र बैजनाथका २÷२ तथा जानकी र डुडुवाका १÷१ जना रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ९ सय ८१ पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ६ सय ९२ महिला र १० हजार २ सय ८९ पुरुष रहेका छन् । बाँकेका तीन प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ८ महिला र ११ पुरुष गरेर १९ जनामा कोरोना पुष्टि भएको थियो ।
पछिल्ल्लो २४ घण्टामा १४ नयाँ संक्रमित थपिदाँ थप ३० जना कोरोना जितेर घर फर्किएका थिए । १४ महिला र १६ पुरुष गरेर थप ३० जना कोरोना जितेर घर फर्किएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना जितेर फर्किनेहरुको संख्या १७ हजार ५ सय ३० पुगिसकेको उनले बताए । कोरोना जितेर घर फर्किनेहरुमा ७ हजार ४ सय ८३ महिला र १० हजार ४७ पुरुष रहेका छन् । शुक्रवारसम्म बाँकेका सक्रिय संक्रमित ७५ महिला र ५८ पुरुष गरेर १ सय ३३ जना रहेका थिए ।
बाहिरी जिल्लाका सक्रिय संक्रमित भने जिल्लामा ३५ रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये ४५ अस्पताल तथा १ सय २२ जना होम आइसोलेसनमा रहेका थिए । अहिलेसम्म बाँकेमा उपचारका क्रममा जिल्लाभित्र र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ७ सय २६ जनाको मृत्यु भइसकेका छन् । मृत्यु हुनेमा २६० महिला र ४६६ जना पुरुषहरु रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्