पछिल्ला दिनहरुमा नेपाल प्रहरीमाथि पिडितबाट नै विभिन्न आरोपहरु लाग्ने गरेका छन् । निर्मला पन्त प्रकरणपछि त अझै अपराध अनुसन्धानमा खटिने प्रहरी अधिकारीले धेरै विश्वास गुमाइरहेका छन् । विभिन्न घटनामा प्रहरीले गर्ने अनुसन्धानलाई नै लिएर पिडितहरु आन्दोलनमा उत्रिए । कतीपय घटनाका अनुसन्धानमा प्रहरीको कमजोरी समेत देखिन्छ । कुनै घटनामा प्रहरीले राम्रो अनुसन्धान गर्दा समेत परिमाण बाहिर नआउँदा र प्रहरीले अनुसन्धानसँगै पिडितसँग बेला बेला भइरहेको अनुसन्धानबारे जानकारी नदिदाँ प्रहरी पिडितको सम्बन्धमा दरार आइरहेको हुन्छ । केही ठूला अपराधिक घटनालाई भुलिदिने हो भने धेरै अपराधका घटना प्रहरीले सफलतापूर्वक अनुसन्धान
गरेको छ ।
घटना घटिसकेपछि समेत प्रहरीले संग्लनबारे केही सूचना नपाउँदा प्रहरी अनुसन्धानबाट धेरै ठूला अपराधका पर्दा खुलेका छन् । वर्षौ पछि समेत अपराधमा संग्लनहरु पक्राउ परेका उदाहरणहरु धेरै छन् नेपालमा कुनै फाइलहरु घटनाको एक दशकपछि पनि खुलेर प्रहरीले अनुसन्धान गरेर विदेशबाट हत्याहरुलाई पक्राउ गरेर नेपाल ल्याएर कानुनको दायरामा ल्याएको छ । घटनास्थलमा कुनै सूचना नहुँदा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुलाई झनै चुनौती थपिन्छ । नेपाल प्रहरीले प्रमाणमुखी अनुसन्धानलाई बढी ध्यान राखेर काम गरिरहेको छ । कोहलपुर प्रहरीले समेत एउटा हत्याको अनुसन्धान सकेको छ । गत साउन २ गते राती हत्या गरिएकी ८२ वर्षीया साउनी कार्कीको हत्या संग्लनमा आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको हो । घटनालाई गम्भीरतापूर्वक लिएर सुक्ष्म रुपले अनुसन्धान थालेको प्रहरी एउटा पूरानो घटनाको ‘क्लु’ विश्लेषण गर्दा हत्यारासम्म पुगेको थियो ।
तत्काल घटनास्थलमा प्रहरीले हत्या गरेपश्चात छोडेका त्यस्ता केही प्रमाणहरु समेत फेला पारेको थिएन् । हत्यामा संग्लन रहेको भन्दै तीन साता लामो अनुसन्धानबाट युवक पक्राउ परेपछि हत्याको बेला प्रयोग गरेका विभिन्न सामानहरु समेत बरामद भइसकेका छन् । यो घटनाको अनुसन्धानको क्रममा कोहलपुरले प्रहरीले हत्याका विभिन्न प्रमाणहरु जुटाउन तथा खोज्नमा समय दिएको पाइन्छ । हत्या गर्नुपर्ने कारण, हत्यापछि भागेका स्थान लगायतका प्रमाणहरु समेत प्रहरीले जुटाइसकेको छ । अझ सबैले बुझ्ने भाषामा भन्नुपर्दा प्रमाणमुखी अनुसन्धान नै गरेर कोहलपुर प्रहरीले सोमवार हत्यामा संग्लन रहेको भन्दै एक युवकलाई सार्वजनिक गरेको थियो । प्रमाणमुखी अनुसन्धान गर्दा केही समय त पक्कै लाग्नसक्छ तर निर्दोष फस्नसक्ने सम्भावना समेत कमै हुन्छ । त्यसैले प्रहरीले अब प्रमाणमुखी अनुसन्धानलाई बढवा दिनुपर्छ । यो नै अहिलेको आवश्यकता समेत हो ।









प्रतिक्रिया दिनुहोस्