बाँकेमा थप २८ जना कोरोना संक्रमित थपिए



कोहलपुर,

बाँकेमा थप २८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका तीन प्रयोगशालामा गरिएको परिक्षणमा कुल २८ जना कोरोना संक्रमित थपिएका हुन् ।

जिल्ला कोभिड व्यवस्थान केन्द्रका अनुसार भेरी अस्पतालमा ६, मेडिकल कलेज कोहलपुरमा २० र बागेश्वरी प्रयोगशालामा २ जना गरि थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका १५ जना केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । ती मध्ये ५ पुरुष र १० जना महिला रहेका छन् । १५ जना मध्ये १३ जना कोहलपुर नगरपालिकाका रहेको उनले बताए । ती २ जना वडा नम्बर १० र ११ जना वडा नम्बर ११ का रहेको ओलीले जानकारी दिए । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ९४ पुगेको छ । यस्तै शनिवार २२ जना डिस्चार्ज भएका छ्न । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ३६ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या २१२ जना रहेको छ । कहिलेसम्म कोरोना संक्रमणका कारण बाँके जिल्लाका मात्र ३२६ जनाको मृत्यु भइसकेको छ । भने बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारको लागि आएर मृत्यु हुनेको संख्या ३९१ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । अहिले सम्म बाँकेमा कुल मृतकको संख्या ७१७ रहेको छ । शनिबार मात्रै थप दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कोहलपुर–२ को २५ वर्षीया महिला र कैलालीको घोडाघोडी–१, ६९ बर्षीय पुरुष रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ६ गते आइतबार