सुर्खेत । अहिलेसम्म कर्णाली प्रदेशका चार प्रतिशत नागरिकले पूर्ण खोप प्राप्त गरेका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका ४ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको तथ्यांक सार्वजनिक गरेको छ ।
प्रदेशका १० जिल्लामा गरी अहिलेसम्म ४५ हजार ३ सय ८६ जनालाई कोरोना खोपको पूर्ण मात्रा दिइएको निर्देशनालयले जनाएको छ ।
कर्णालीमा १८ बर्षभन्दा माथीका १० लाख ९४ हजारलाई खोप लगाउनुपर्ने छ । अन्य प्रदेशको तुलनामा कोरोना संक्रमित र जोखिम कम रहेकाले पनि खोप कार्यक्रमलाई तीव्रता दिएको देखिँदैन ।
निर्देशनालयका सुचना अधिकारी नोदनारायण चौधरीका अनुसार हालसम्म पूर्ण मात्राको खोप लगाउने ४ प्रतिशतले खोप लगाएका छन् । यो पहिलो मात्राको खोप लगाउने मानिसको २५ प्रतिशत मात्रै हो । अहिलेसम्म २ लाख ७१ हजार ४ जनाले खोपको पहिलो मात्रा पाएको उनको भनाइ छ ।
पाँच महिना अघि कोभिसिल्डको पहिलो मात्रामा खोप लगाएका ८० हजारले अस्ट्रेजेनेका खोप लगाउन विहीबारदेखि सुरु गरेको उनले जानकारी दिए । कर्णालीमा करीब १ लाख ८ हजार ४ सय ८६ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएकोमा तीमध्ये२५ हजार ८ सय १६ जनाले दोस्रो डोज पाएका छन्।
यस्तै कर्णालीमा २६ हजारले भेरोसेलको दुबै मात्रा खोप लगाइसकेका छन भने अहिले ९२ हजारभन्दा धेरैले पहिलो मात्राको भेरोसेल खोप लगाइरहेको उनको दाबी छ ।जोन्सन एन्ड जोन्सनको खोप ३७ हजार भन्दा बढीले लगाएका छन् ।









प्रतिक्रिया दिनुहोस्