कोहलपुर
बाँकेको कोहलपुर नगरपालिका आर्थिक वर्ष २०७७/०७८ मा झण्डै ८० प्रतिशत खर्च गरेको छ । कुल ७९.७ प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा कार्यक्रमको आयोजना गर्दै कुल ७९.७ प्रतिशत बजेट खर्च गरेको जनाएको हो । लेखा अधिकृत सुदीप सिंह सुनारका अनुसार कुल बजेट मध्ये चालूतर्फ ८३.७१ र पुँजीगततर्फ ७५.७५ प्रतिशत बजेट खर्च भएको हो ।
गत आर्थिक वर्षको अन्तिम बजेटको आकार १ अर्ब १६ करोड १३ लाख ७ हजार २ सय ७६ रुपैयाँ रहेको थियो । ती मध्ये एक आर्थिक वर्षमा ९२ करोड ४४ लाख ८२ हजार ८ सय ५४ रुपैयाँ ४९ पैसा बजेट खर्च गरेको छ । कुल बजेट र खर्चको अनुपात हेर्दा झण्डै २७ करोड भन्दा बढी बजेट खर्च नभएको पाइएको हो । स्थानीय तहलाई संघीय स्रोत तर्फ प्राप्त शीर्षक अन्तर्गत, समानीकरण अनुदान १८ करोड,६९ लाख,शसर्त अनुदान ३८ करोड३१ लाख ४९ हजार ९ सय ५०, विशेष अनुदान ३ करोड,१६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ ३२ पैसा र समपुरक अनुदान ४ लाख ६६ हजार ६ सय ४४ रुपैयाँ प्राप्त भएको थियो ।
यस्तै स्थानीय तहलाई प्रदेश सरकार श्रोत तर्फ लुम्बिनी प्रदेश सरकारबाट समानीकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा ७ करोड ३९ लाख ३९ हजार अनुमान गरिएकोमा ६ करोड ९ लाख,३९ हजार रुपैयाँ प्राप्त भएको लेखा अधिकृत सुनारले जानकारी दिए । यसैगरी राजस्व बाँडफाँड तर्फ संघीय सरकारबाट राजस्व बाँडफाँड शीर्षकमा अनुमानित १२ करोड ३१ लाख ९६ हजार ५ सय १० मध्ये १२ करोड २ लाख ३३ हजार ४ सय ५८ रुपैयाँ ८६ पैसा प्राप्त भएको उनले बताए ।
तर्फ प्रदेश सरकारबाट राजस्व बाँडफाँड शीर्षकमा १ करोड ६३ लाख ७५ हजार अनुमान गरिएकोमा २ करोड२५ लाख २६ बजेट कोहलपुर नगरपालिकाले प्राप्त गरेको थियो । आन्तरिक तर्फ घर जग्गा रजिष्टेशन दस्तुर ८ करोड अनुमान गरिएकोमा ११ करोड ३९ लाख २६ हजार र संघीय सरकार शीर्षकमा बाँडफाँड भइ प्राप्त वन रोयल्टी १७ लाख ७ हजार ९ सय ४३ रुपैयाँ ५६ पैसा प्राप्त भएको थियो । लेखा अधिकृत सुनारले नगरपालिकाको एकिकृत क्षेत्रगत विवरण अनुसार आर्थिक विकास शीर्षकमा विनियोजित ९ करोड ६ लाख ३९ हजार ५ सय मध्ये २ करोड ६७ लाख ७ हजार ५ सय ८३ रुपैयाँ ‐७९.४४) प्रतिशत बजेट खर्च भएको छ ।
सामाजिक विकास तर्फ विनियोजित ४६ करोड २३ लाख ८ हजार ८ सय ८० रुपैयाँ मध्ये ३६ करोड २० लाख ७४ हजार ३ सय ८३ रुपैयाँ ८ पैसा ‐७८.३१ ) प्रतिशत खर्च रहेको छ । पूर्वाधार विकास तर्फ विनियोजित ३७ करोड ९९ लाख ८२ हजार ८ सय ३९ रुपैयाँ मध्ये २८ करोड ५९ लाख ६ हजार ६ सय २७ रुपैयाँ १९ पैसा ‐७५.२६)प्रतिशत खर्चको कोहलपुर नगरपालिकाले जनाएको छ ।
लेखा अधिकृत सुनारका अनुसार सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र शीर्षकमा विनियोजित ९ करोड ६ लाख ३९ हजार ५ सय मध्ये ६ करोड१५ लाख ५८ हजार ४ सय ८ रुपैयाँमा ५ करोड ६ लाख ३२ हजार ३ सय ५७ रुपैयाँ ‐८२.२५) प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिकमा विनियोजित २५ करोड ८८ लाख १७ हजार ६ सय ४९ रुपैयाँ मध्ये १४ करोड ७४ लाख ३२ हजार ९ सय ५४ रुपैयाँ २२ पैसा ‐९२.८३) प्रतिशत खर्च भएको छ ।
यस्तै शीर्षकगत एकिकृत खर्च विवरणमा चालू तर्फ ५६ करोड २८ लाख ६० हजार ७ सय ४७ रुपैयाँ मध्ये ४७ करोड११ लख ७१ हजार ५ सय २३ रुपैयाँ ९२ पैसा ‐८३.७१) प्रतिशत र पुँजीगत तर्फ ५९ करोड ४ लाख ४६ हजार ५ सय २९ रुपैयाँ वार्षिक बजेट मध्ये ४५ करोड ३३ लाख ११ हजार ३३ रुपैयाँ ५७ पैसा ‐७५.७५) प्रतिशत बजेट खर्च भएको छ ।
यसै गरी नगरपालिकाको बेरुजु विवरण आ.व.२०७५/०७६ को १५ करोड २२ लाख हजार ९० हजार र आ.व.२०७६/०७७ को ५ करोड ४१ लाख ९८ हजार गरी जम्मा २० करोड ६४ लाख ७ हजार रुपैयाँ बेरुजु रहेको छ । लेखा अधिकृत सुनारले गत आर्थिक वर्षमा २ करोड २६ लाख ३५ हजार बेरुजु फछ्यौट भएको र अब बाँकी १८ करोड ३७ लाख ७२ हजार र रुपैयाँ बेरुजु रहेको छ । उक्त अवसरमा विभिन्न विषयगत शाखाका प्रमुखहरुले पनि वार्षिक प्रगती वितरण प्रस्तुत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्