कोहलपुर, बाँके प्रहरीले बिहीबार अबैध भन्सार छलीका सामग्री र काठ बरामद् गरेको छ । प्रहरीले हजारौँ मूल्यका सामग्री बरामद् गर्नुका साथै एक जनलाई पक्राउ परेको गरेको हो ।
मुगुको मुगुम कार्मारोङ वडा नम्बर ६ का २८ वर्षीय कर्माठिले तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता मधुसुदन न्यौपानले उनीबाट भन्सार चौरी पैठारी गरी ल्याएको चाँदीको बाला १५ थान बरामद् गरेको जानकारी दिए । उक्त सामान करिब चौसठ्टी हजार छियासी) रुपैयाँ बराबरको रहेको जनाएको छ ।
यस्तै बाँके प्रहरीले डुडुवा गाउँपालिका वडा नम्बर ६ मोहनपुर्वा स्थित छब्बन खानको जमिनमा रहेको झाडी भित्र लुकाई राखेको ३ थान सालको गोलिया बरमद् गरेको हो । करिब एक लाख छयानब्बे हजार पाँच सय साठी रुपैयाँ बराबरको सालको गोलिया (काठ) ई.प्र.का.हिरिमिनिया खटिएको प्रहरी टोली फेला पारेको थियो ।
यस्तै सूचना अधिकारी न्यौपानेले अबैध भन्सार छलिको कपडा बरामद् गरिएको बताएका छन् । नेपालगञ्ज –मा बेवारिसे अवस्थामा रहेको कपडा(कुर्ता सुरुवाल लगात अन्य कपडा) अन्दाजी पचपन्न हजार दुइ सय रुपैयाँ मूल्य सामग्री बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्