कोहलपुर ।
बाँकेमा पछिल्लो २४ घण्टामा बुधवार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा ३६ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये बाँकेका १७ जना संक्रमित रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्लाका ७ महिला र १० पुरुष गरेर १७ जनामा संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ३ महिला र ४ पुरुष गरेर ७ जना, मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा ३ महिला र ५ पुरुष गरेर ८ जना तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा एक÷एक महिला पुरुषमा संक्रमण देखिएको थियो । योसँगै बाँकेका कुल कोरोना संक्रमितको संख्या १७ हजार ७ सय ४९ पुगेको छ । तीमध्ये ७ हजार ५ सय ७० महिला र १० हजार १ सय ७९ पुरुष रहेका छन् । बुधवार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ९ महिला र १० पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा बुधवार जिल्लामा १७ नयाँ संक्रमित थपिदाँ थप १४ जना कोरोना जितेर घर फर्किएका थिए । बुधवार ७ महिला र ७ पुरुष गरेर १४ जना कोरोना जितेर डिस्चार्ज भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । अहिलेसम्म बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या १७ हजार ३ सय १५ जना पुगिसकेको छ ।
कोरोना जितेर घर फर्किनेहरुमा ७ हजार ३ सय ८५ महिला र ९ हजार ९ सय ३० पुरुष रहेको फोकल पर्सन ओलीले बताए । हालसम्म बाँकेमा ७ सय ९ कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भइसकेको छ । मृत्यु हुनेमा जिल्लाभित्र तथा बाहिरी जिल्लाका गरेर २ सय ५३ महिला र ४ सय ५६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा समेत बाँकेका अस्पतालमा उपचाररत कुनै पनि संक्रमितको मृत्यु भएको थिएन ।
जिल्लामा बुधवारसम्म जिल्लाभित्रका ६२ महिला र ८४ पुरुष गरेर १ सय ४६ तथा बाहिरी जिल्लाका २२ संक्रिय संक्रमित गरेर २ सय ३ जना रहेका थिए । उनीहरुमध्ये १९ महिला र १५ पुरुष गरेर ३४ जना अस्पताल आइसोलेसनमा रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । होम आइसोलेसनमा रहनेको संख्या १ सय ३४ जना रहेको थियो । होम आइसोलेसनमा रहनेहरुमा ५५ महिला र ७९ पुरुष रहेका थिए ।









प्रतिक्रिया दिनुहोस्