कोहलपुर , बागेश्वरी बहुमुखी क्याम्पस अन्तर्गत पाठ्यक्रम तथा मूल्यांकन विभागले शैक्षिक सम्प्रेषण को पहिलो अंक बजारमा ल्याएको छ । मंगलबार एक कार्यक्रमका बीच विभागले शैक्षिक सम्प्रेषण को २०७८ वर्ष १ अंक १ नामक पुस्तक बिमोचन गरिएको हो ।
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको बागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्यांकन विभागले शैक्षिक सम्प्रेषण पुस्तक बिमोचन तथा कदर पत्र प्रदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दान बहादुर हमालले शैक्षिक सम्प्रेषण महत्वपूर्ण दस्ताबेजको रुपमा आएको बताए ।
उनले उक्त पुस्तकले यसले अनुसन्धान तहमा महत्वपूर्ण भूमिका खेल्ने बताए । क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले यस्ता शैक्षिक सम्प्रेषणले विशेष अर्थ राख्ने उनको भनाइ छ । कार्यक्रममा क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्मा, प्राध्यापक टेकेन्द्र महतरा, एकराज शर्मा, खोपिराम वली, ललित चन्द लगायतले क्याम्पसमा विद्यार्थीहरुले पहिलो शैक्षिक सम्प्रेषण प्रकाशित गरेका हुन् ।
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको वागेश्वरीमा अध्ययनरत एम.एड. चौंथो सेमेस्टरका विद्यार्थीहरुले तयार पारेको अध्ययन पुस्तकको बिमोचन गरीएको हो । त्यसक्रममा एम.एड. चौंथो सेमेस्टरमा अध्ययनरत स्वर्गीय विद्यार्थीद्धय नारायण प्रसाद चालिसे र जगत बहादुर चौधरीलाई मरणोपरान्त कदर पत्र प्रदान गरीएको थियो ।









प्रतिक्रिया दिनुहोस्