बरघर प्रणाली संरक्षण आवश्यक



कोहलपुर,  पश्चिम नेपालका थारु समुदायमा प्रचलित बरघर प्रणाली संरक्षण आवश्यक रहेको सरोकारवालाले बताएका छ ।थारु समुदायको विशिष्ट पहिचान र प्रचलनका रुपमा रहेको बरघर प्रणाली संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिइएको हो । मंगलबार बाँकेको कोहलपुरमा सम्पन्न एक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बरघर प्रणाली संरक्षण, प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका थिए ।

श्री सिद्धार्थ एकीकृत समाज विकास केन्द्र रझेनाको आयोजनामा सम्पन्न बरघर प्रणाली संरक्षण, प्रर्वधन र विकास गर्न बनेको ऐनको प्रभावकारी कार्यान्वयन बारे अन्र्तक्रिया कार्यक्रममा बरघरका बारेमा चर्चा परिचर्चा भइरहेको थियो । उक्त कार्यक्रममा बोल्दै पूर्व मन्त्री गोपाल दहितले थारु जाति ईमान्दार, कडा मेहनती र भूमि पुत्र भएको बताएका छन् । उनका अनुसार थारु समुदायमा विद्यामान रहेको बरघर प्रणाली पहिचानका रुपमा रहेका छ ।

थारु समाजमा निकै प्रभावकारी मानिने संगठन बरघर प्रणाली लोप हुन लागेको पूर्व मन्त्री दहितको भनाइ छ । बरघरको कानूनी मान्यता पाउनका लागि विगत २ दशकदेखि संघर्षरत रहेको भन्दै सबैको प्रतिबद्धता आवश्यक रहेकोमा उनले जोड दिए ।उनले नयाँ संविधानमा थारुको पहिचान, थारु आयोग, बरघर, मुक्त कमैया, कमलही आदिको व्यवस्था भएको बताएका थिए ।

उक्त कार्यक्रममा बोल्दै बोल्दै कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुर नगरपालिकाले पनि बरघर प्रणालीलाई मान्यता दिएको बताइन् । थारु जातिको पहिचान, अधिकार र न्यायमा बाह्य आक्रमण विरुद्ध एक हुने अवसरलाई आत्मासाथ गरिएको उनको भनाइ थियो । साथै उनले कोहलपुर नगरपालिकामा रहेका बरघर प्रणाली संरक्षण, प्रवद्र्धन र विकास गर्न बनेको ऐन २०७८ कोहलपुर नगर सभाबाट २०७७ पौष २५ गते पारिएको चौधरीले बताइन् । यस्तै उनले उक्त राजपत्र २०७८ असार ३० मा कोहलपुर राजपत्रमा प्रकाशित गरिएको पनि बताइन् । ‘थारुको पहिचान र अस्तित्व जगेर्ना गर्न, थारुको एकता आवश्यक हुन्छ ।

पहिचानको संरक्षण, विकास र समृद्धिका लागि एकजुट हुनुपर्छ । सामाजिक न्याय र राजनैतिक एकताका लागि बरघर प्रणालीको महत्व रहेको छ । सबैले कानुनी बैधता दिन खोजेका छौँ ।’ उनले भनिन् । उनले बरघर प्रणालीको अभ्यास प्रचलनमा रहेको गाउँको विकास निर्माण कार्य, गाउँमा शान्ति सुव्यवस्थामा समेत महत्वपूर्ण भूमिका खेलेको बताइन् । कार्यक्रममा थारु सामुदायका अगुवाहरुको सहभागिता
रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २७ गते बुधबार