कोहलपुर
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर –१ कौशिलानगरमा रहेको जनज्ञान ज्योति माध्यमिक विद्यालयले पहिलोपटक महिला प्रधानाध्यापक पाएको छ । सोमबार विद्यालय व्यवस्थापन समितिको बैठकले सर्वसहमतिमा न्यौपानेले प्रधानाध्यापक नियुक्त गरिएको हो । न्यौपाने उक्त विद्यालयकी सामाजिक विषयकी शिक्षकको रुपमा काम गर्दै आएकी थिइन् । मा.वि.तहका सामाजिक विषयका स्थायी शिक्षक न्यौपाने साहित्यमा समेत क्रियाशिल छिन् ।
यसअघि जनज्ञान ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक एकदेव पन्थी थिए । सोमबार विद्यालयमा एक कार्यक्रमका बीच निवर्तमान प्रधानाध्यापक पन्थी र वि.व्य.स.का पदाधिकारीहरुले न्यौपानले जिम्मेवारी प्रदान गरेका हुन् । नवनियुक्त प्रधानाध्यापक न्यौपानेले गुणस्तरीय शिक्षाका लागि ध्यान दिने बताएकी छिन् ।
उनका अनुसार लामो समयका शिक्षकका रुपमा हासिल गरेको ज्ञान विद्यालयको प्रधानाध्यापकका रुपमा विद्यालयलाई अब्बल बनाउन प्रयत्न गरिनेछ । शिक्षक, अभिभावक र विद्यार्थीहरु बीचको सहकार्यले शैक्षिक उन्नति र प्रगति हुने भएकाले विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, कर्मचारीले दिएको जिम्मेवारी पुरा गर्ने बताएकी छिन् ।
साथै विद्यालयको भौतिक, शैक्षिक विकासका लागि सबैले साथ र सहयोग गर्न आग्रह समेत गरेकी छिन् ।न्यौपानेले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेसँगै कोहलपुरमा रहेका विद्यालयमाको नेतृत्व गर्ने महिलाहरुको संख्या सात पुगेको छ । विद्यालयको नेतृत्व गर्नेमा कोहलपुर–१० स्थित त्रिभुवन मा.वि.को नेतृत्वमा समेत महिला छिन् ।
त्रिभुवन मा.वि.को प्रधानाध्यापकका रुपमा देवका थाप नेतृत्वमा छन् । ज्ञानज्योति मा.वि.बगियाको प्र.अ.मा गोमा चालिसे, सिद्धार्थ मा.वि. रझेना रञ्जना राना, विद्याज्योति प्रा.वि.चप्परगौडीमा गीता कार्की, सृजना बाल प्रा.वि.सृजनाटोलको प्र.अ.मा कल्पना वली र मुक्ति प्राबि मुक्तिनगरको प्र.अ.का रुपमा सुष्मा थापाले विद्यालयहरुको नेतृतव सम्हालिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्