बैकल्पिक शिक्षणमा सहयोगका लागि विद्युत आपूर्ति गर्न अनेरास्ववीयुको ध्यानाकर्षण



कोहलपुर : नेकपा एमाले बाँकेको भातृ संगठनले नेपाल विद्युत प्राधिकरण कोहलपुरको ध्यानाकर्षण गराएको छ । दैनिक रुपमा गर्मी बढिरहेको भएपनि विद्यूत अनियमित हुँदा नागरिकले सास्ती व्यवहोर्नु परेको भन्दै अनेराववीयु बाँकेले ध्यानाकर्षण भएको जनाएको हो ।

आइतबार लाखौँ विद्यार्थीहरुको समस्यालाई समाधान गर्न माग गर्दै अनेराववीयु बाँकेका सह संयोजक बिकल भट्टराई, कोहलपुर नगर कमिटीका संयोजक सुनिल थापामगर लगायतका विद्यार्थीहरुले नेपाल विद्युत प्राधिकरण कोहलपुरलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

अनेरास्ववीयू बाँकेले कोरोना महामारीका कारण विद्यालय सञ्चालन नभएको समयमा सञ्चालित अनलाइन कक्षा समेत प्रभावित भएको उल्लेख गरिएको छ । अनेरास्ववीयुका बाँके संयोजक दिनेश केसी र सह–संयोजक बिकल भट्टराईद्धारा हस्ताक्षरित पत्र मार्फत अहिले पनि अघोषित रुपमा लोडसेडिङ हुँदा लाखौँ विद्यार्थीहरु बैकल्पिक माध्यमबाट शिक्षा आर्जन गर्न बञ्चित भएको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २४ गते आइतबार