उपकुलपतिले विद्यार्थीका गुनासा नसुनेको भन्दै बागेश्वरी क्याम्पसमा तालाबन्दी



कोहलपुर : बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय अन्र्तगतका विद्यार्थीहरुले विभिन्न १८ बुँदे माग गरेको मध्यपश्चिम भएपनि विश्वविद्यालय प्रशासनले बेवास्ता गरेको भन्दै बागेश्वरीमा समेत तालाबन्दी गरिएको हो । संयुक्त विद्यार्थी संगठनले साउन १६ गते विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण आङगिक क्याम्पसमा तालाबन्दी गर्ने निर्णय गरिएको थियो ।

मध्यपश्चिम विश्वविद्यालय अन्र्तगत बागेश्वरीमा अध्ययनरत विद्यार्थीहरुले सोमबार तालाबन्दी गरेका हुन् । बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालय अन्र्तगत आङगिक क्याम्पस हो । नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस सचिव उपेन्द्र विष्ट र अखिल (क्रान्तिकारी)का संयोजक दिपेन्द्र शाहीद्धारा जारी विज्ञप्तिमा विश्वविद्यालयमा रहेको समस्या समाधानको लागि वार्ताका माध्यमबाट समाधानको बाटो खोज्दा खोज्दै पनि प्रशासनले बेवास्ता गरेको उल्लेख गरिएको छ । केही हप्तायता मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थी र प्राध्यपकहरु आन्दोलतरत छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १८ गते सोमबार