पोखरा–नेपालगन्ज नियमित उडान सुरु



कोहलपुर ।

पोखरा–नेपालगन्ज रुटमा नियमित उडान सुरु भएको छ । आइतबारदेखि औपचारिक रुपमा बुद्ध एयरले नियमित उडान सुरु गरेको हो । यो रुटमा यसअघि सीता एयरले चार्टर्ड उडान गर्दै आएको थियो । सोही रुटमा अब बुद्ध एयरले साताको तीनदिन उडान गर्नेछ ।
आइतबार बुद्धको पहिलो जहाज पोखराबाट नेपालगन्ज पुगेको जहाजले त्यहाँबाट यात्रु बोकेर पोखरा पुगेको थियो । बुद्धले आइतबार, बुधबार र शुक्रबार गरि तीन उडान गर्ने भएको जनाएको छ ।

बुद्धले क्षेत्रीय गन्तब्यलाई जोड्ने क्रममा पोखरा–भैरहवा, पोखरा–भरतपुरपछि पोखरा–नेपालगञ्ज उडान थालेको बुद्ध एयरका नेपालगञ्जस्थित प्रमुख विनित शाहले बताए । उनका अनुसार पहिलो दिनको उडान उल्लेख्य यात्रुहरु सहित सुरु भएको छ ।
उनी भन्छन्,‘पहिलो उडान सफल रुपमा भएको छ । अब साताको तीन दिन हामीले सेवा प्रवाह गर्नेछौँ । पछि यात्रुहरुको संख्याको आधारमा उडान संख्या बढाइने बताए ।’

नेपालगञ्जबाट केही घण्टाको दूरिमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली चिसापानी भएकोले पनि पर्यटकीय गतिविधि बढाउन यो उडानले सघाउने उहाँले बताउनुभएको छ । नेपालगञ्ज विमानस्थलबाट अहिले संघीय राजधानी काठमाडौँ सँगै कर्णालीका सम्पूर्ण जिल्ला र सुदुरपश्चिमा जिल्लामा समेत नियमित उडान भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १८ गते सोमबार