कोहलपुरमा नेपाल शिक्षक महासंघद्वारा रिले अनसन



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा नेपाल शिक्षक महासंघद्वारा रिले अनसन  गरेको छ । शुक्रबार कोहलपुर नगरपालिका परिसरमा नेपाल शिक्षक महासंघद्वारा रिले अनसन  गरेको हाे ।

विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघसंग गरिएका मागहरु कार्यान्वन गर्नका लागि रिले अनसन सुरु गरिएको कोहलपुर नगर समिति शिक्षक महासंघ आन्दोलन परिचालन समितिले जानकारी दिएको छ ।

कोहलपुर नगर समिति शिक्षक महासंघ अध्यक्ष राम प्रसाद चापागाईका उनका अनुसार शिक्षक महासंघसंग गरिएको सम्झौताहरु कार्यन्वन गर्न दवाव दिनका लागि रिले अनसन गरिएकाे बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रबार