कोहलपुरमा यौन धन्दाको लागि पुरुष ग्राहक खोज्ने साहुनी पक्राउ



युवतीको लागि पुरुष ग्राहक खोज्ने खाजाघर साहुनीलाई नियन्त्रणमा लिदैं प्रहरी ।

युवतीको लागि पुरुष ग्राहक खोज्ने खाजाघर साहुनीलाई नियन्त्रणमा लिदैं प्रहरी ।

कोहलपुर ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले यौन धन्दामा संग्लन केहीलाई पक्राउ गरेको छ ।

कोहलपुरको बसपार्क क्षेत्रमा यौन धन्दा बढिरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले यौन धन्दाको लागि पुरुषहरु खोज्ने एक जना साहुनी, एक पुरुष, दुई युवती र एक होटल मालिकलाई नियन्त्रणमा लिएको हो ।

कोहलपुर प्रहरीका अनुसार बसपार्क पछाडी रहेको हरियाली मार्गमा नाम नरहेको एक खाजा पसल सञ्चालन गर्ने साहुनीले पुरुष ग्राहक खोजेर नजिकै रहेको टिकटक होटलमा यौन धन्दाको लागि पठाएकी थिइन् ।

दिउँसोदेखि नै निगरानीमा राखेको प्रहरीले होटलबाट युवती र उक्त साहुनीले खोजेका पुरुष ग्राहकलाई नियन्त्रणमा लिएको थियो ।

उक्त पुरुषले साहुनीले युवतीहरु मिलाइदिएको बताएपछि खाजाघरमा पुगेर प्रहरीले साहुनीलाई समेत नियन्त्रणमा लिएको हो । अहिले पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

आफ्नो क्षेत्रमा यौन धन्दा भइरहेको पाइए प्रहरीलाई सूचना दिन ईलाका प्रहरी कार्यालय कोहलपुरले सबैलाई आग्रह गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ११ गते सोमबार