बाँकेको नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि जाँदै गरेकी एक महिलाको मृत्यु भएको छ ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर, १ धम्बोझी घर भएकी निलम जैसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुधन न्यौपानेले जानकारी दिए ।
‘मन्दिर दर्शनका लागि जाँदै गर्दा उहाँ बाटोमा हिड्दै गर्दा बेहोस हुनुभएको थियो’ उनले भने, ‘प्रहरीले त्यहाँबाट उद्दार गरेर भेरी अस्पताल ल्याएपनि चिकित्सकहरुले मृत घोषणा गर्नुभएको हो ।’
सन्तानेश्वर महादेव मन्दिर नजिकै रहेको कुटीमा उनी बेहोस भएको ईलाका प्रहरी कार्यालय भगवानपुरका ईन्चार्ज प्रहरी निरीक्षक बसन्तले गौतमले जानकारी दिए ।
‘उहाँलाई तल (बाटोमा) नै स्वास्थ्यमा सामान्य समस्या आएको रहेछ’ उनले भने, ‘मन्दिर नजिकै रहेको कुटीमा पुग्दा बेहोस भएपछि स्टेचरमा राखेर उहाँलाई तल एम्बुलेन्ससम्म ल्याइएको थियो ।’
शनिबार चर्को घाम लागेको कारणले समेत मन्दिर दर्शनका कारण गएका मानिसहरुलाई समस्या भएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्