नेपालगञ्ज ।
जिल्ला प्रहरी कार्यालय बाँकेले बैङ्किङ कसुर मुद्दामा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका, ११ का ३८ वर्षीय विष्णु जिवन धिताल रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी
दिए । प्रहरीका अनुसार उनीलाई बाँके जिल्ला अदालतले २०७७ फागुन १२ गते कैद र जरिवाना फैसला सुनाएको थियो ।
सोही बेलादेखि फरार रहेका धिताललाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले घरैबाट पक्राउ गरेको हो । अदालतले बैङ्किङ कसुर मुद्दामा उनीलाई ३ दिन कैद र दुई लाख ८० हजार रुपैयाँ जरिवाना तोकेको थियो । बिहीबार पक्राउ परेका धिताललाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता न्यौपानेले जानकारी दिए ।
पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय बाँकेले फरार प्रतिवादीलाई पक्राउ गरेर बाँके जिल्ला अदालतमा बुझाइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्