पुष्पलालको स्मृति दिवसमा विचार गोष्ठी



कोहलपुर : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा बाँकेमा विचार गोष्ठी सम्पन्न भएको छ । नेकपा एमाले बाँकेको आयोजनामा पुष्पलालको ४३ औँ को स्मृति दिवसको अवसरमा विचार गोष्ठी सम्पन्न भएको हो । नेकपा एमालेको पार्टी कार्यालय नेपालगन्जमा सम्पन्न भएको गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य देवराज भार नेपालमा कम्युनिष्ट आन्दोलनको प्रारम्भ गर्ने शिखर व्यक्तित्व भएको बताए ।


नेकपा एमालेका नेता समेत रहेका भारका अनुसार नेपालको कम्युनिष्ट आन्दोलनको स्थापना, त्यसलाई देशभर विस्तार गर्न र परिवर्तनको लागि निकै महत्वपूर्ण रहेको छ । पछिल्लो समय पुष्पलालले सुरु गरेको कम्युनिष्ट आन्दोलनका विरुद्ध विभिन्न रुपमा परास्त गर्ने षडयन्त्र भइरहेको उनको भनाइ थियो । उनले पुष्पलालले स्थापना गरेको पार्टी अहिले अभूतपूर्व संकटमा रहेको समेत बताएका छन् ।

उनले कम्युनिष्ट आन्दोलनमा लागेका नेताहरु बीच विचलन आएका कारण कम्युनिष्ट आन्दोलन नै धरापमा पर्न थालेको उनले जानकारी दिएका छन् । नेपालको कम्युनिष्ट एकता गर्ने उद्देश्य सहित कम्युनिष्ट घटकहरुको एकता गरिएको भन्दै त्यसमा प्रतिक्रियावादी तत्वहरुले षडयन्त्र गरिरहेको नेता भारले बताए । ‘हिजो पुष्पलाललाई पनि घेराबन्दीमा पारिएको थियो । अहिले ओलीलाई घेराबन्दीमा पार्न खोजिदैछ । हिजो पुष्पलालमा एउटा विचार थियो । अहिले केपीमा पनि सिद्धान्त छ । यसको रक्षा गर्नु हाम्रो कर्तव्य हो ।’ उक्त गोष्ठीमा बोल्दै नेता भारले भने ।

 

एकता नजोगिनु र सरकार बर्हिगमनको सम्मको यात्राको अनुसन्धानको विषय भएको उनको भनाइ छ । हिजो पुष्पलाललाई आज ओलीलाई घेराबन्दीमा राखेको उनको भनाइ आली व्यक्ति होइन संस्था हो । उक्त अवसरमा बोल्दै नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकालले पनि उक्त अवसरमा बोल्दै पुष्पलाल पहिला नेपाली काँग्रेसका कार्यकर्ता भएर काम गरेको इतिहास रहेको बताए ।

उनका अनुसार पुष्पलालले नेपाली काँग्रेसबाट जनताले समृद्धि सम्भव नरहेको भन्दै २००६ मा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका हुन् । पुष्पलालले मानवले मानवलाई गरेको शोषण अन्याय, अत्याचार र सामाजिक न्याय सहित राज्य व्यवस्था स्थापनाका लागि नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको उनको भनाइ थियो ।

४३ औँ पुष्पलाल स्मृति दिवस तथा विचार गोष्ठीका अवसरमा नेकपा एमालेका नेता तथा प्रदेश सदस्य बाबुराम कुँवर, प्रदेश सदस्य आरती पौडेल, जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रबार