भेरीमा उपचाररत कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज ।

बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बर्दियाको बारबर्दिया नगरपालिका ४ बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।

असार २३ गते कोरोना पुष्टि भएपछि त्यसै दिन अस्पताल भर्ना भएका उनको आज विहान सवा ८ बजे मृत्यु भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ५ गते मंगलबार