काेहलपुर
बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेको राप्ती नदिमा माछा मार्न प्रतिबन्ध लगाइएको छ । सिक्टा सिँचाइ आयोजनाको आग्रह अनुसार राप्ती नदि किनारमा माछा मार्न प्रतिबन्ध लगाइएको गाउँपालिकाले जनाएको छ । सोमबार एक सूचना जारी गर्दै गाउँपालिकाले राप्ती नदिका विभिन्न क्षेत्रमा माछा मार्न मार्न पूर्णरुपमा प्रतिबन्ध लगाइएको जनाइएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीका अनुसार गाउँपालिका अन्तर्गत सिक्टा सिँचाइ अँगैया बाँधमा सुरक्षा मापदण्ड अनुसार प्रतिबन्द लगाइएको हो । यस अघि सिक्टा सिँचाइ आयोजनाले असार ३१ गते उक्त क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाउन भन्दै गाउँपालिकामा पत्रमा पठाएको थियो ।
सोही अनुसार गाउँपालिकाले सूचना जारी गर्दै राप्ती नदिमा निर्माण भएको बाँधको प्रभाव क्षेत्रमा प्रतिबन्ध लागू हुने उनले बताए । प्रमुख प्रशासकीय अधिृकत शाही बाँध प्रभाव क्षेत्रको बाँध भन्दा माथि झुलुङ्गे पुलसम्म बाँध भन्दा तल ५ सय मिटर सम्मको क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाइएको बताउँछन् ।
उक्त क्षेत्रमा स्थानीयले दैनिक माछा मार्दै आएका थिए । कतिपयले व्यवसायिक रुपमा माछा मारेर बेच्ने गरेका थिए ।सिक्टा सिँचाइ आयोजना रहेको क्षेत्रमा स्थानीयहरुको जिविकोपार्जनको स्रोत नै माछा मार्ने थियो ।









प्रतिक्रिया दिनुहोस्