रामकुमारी झांक्री भन्छिन् : विस्वासको मत दिनु हाम्रो कर्तव्य हो,२३ जनाले मत दिनेछौँ



कोहलपुर :  नेकपा एमालेकी नेतृ रामकुमारी झांक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विस्वासको मत दिने बताएकी छन् ।

 

उनले गैरकानुनी रुपमा विघटन गरिएको संसदको पुर्नस्थापनाका लागि आफूहरुले भूमिका खेलेको भन्दै विस्वासको मत दिनु कर्तव्य हुने बताएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। विश्वासको मतको पक्षमा भोट हाल्ने उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन् ।
हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं। प्रतिनिधिसभाको पहिलो बैठक साँझ चार बजे बस्दैछ । प्रधानमन्त्री देउवाले विस्वासको मत लिदैछन् । 

  • No tags available
प्रकाशित मिति : २०७८ साउन ३ गते आइतबार