मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४
कोहलपुर,१२ फागुन/ बाँकेको कोहलपुरमा बाल मनोविज्ञान सम्बन्धी २ दिने अभिमुखीकरण शुक्रबार देखि सुरु भएको छ ।
अभिमुखीकरणको कार्यक्रमको बाँके क्षेत्र नं १ ख प्रदेश सभा सदस्य आरती पौडेलले उद्घाटन गरेकी थिइन ।
बालबालिकाको पञ्च इन्द्रियलाई केन्द्रित गरेर सिकाई गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मन्टेश्वरी एशोसियसन बाँकेकी अध्यक्ष लुना बुढाथोकीले जानकारी दिइन ।
अभिमुखीकरणको कार्यक्रमको मन्टेश्वरी अफ नेपालकी केन्द्रिय अध्यक्ष सुष्मा लामा प्रशिक्षण दिइरहेकी छिन । कार्यक्रममा अभिभावकले चासो राख्दै आफ्ना बालबालिका सम्स्याहरु राखेका थिए ।
शनिबार सम्म चल्ने कार्यक्रममा ३ जिल्लाका ८० जना मन्टेश्वरी शिक्षिकाहरुको सहभागिता रहेको छ ।