दुबईमा जाजरकोटका ३ जना सहित १६ जना अलपत्र (भिडियो हेर्नहोस )



कोहलपुर ।

दुबईको अल्कर्मा १६ जना नेपाली नागरिकहरु अलपत्र परेका छन् । जाजरकोटका तीन जना सहित १६ जना नेपाली नागरिकहरु अलपत्र परेका हुन् ।

काठमाडौँका आशा ट्रभाल्सका संचालक इन्द्र बहादुर ओली र एजेन्ट करण गाउँका सोझासाझा युवाहरुलाई दुबईमा राम्रो रोजगारी मिलाई दिन्छु भन्दै लिएको नारायण रोकायले जानकारि दिएका छन् उनी अहिले नेपालमा रहेको छन तर उनका साथीहरुले उनलाई सो भिडियो मार्फत सहयोगको अपिल गरेको बताए ।

उनका अनुसार प्रति ब्यक्ति दुई लाख रुपैयाका दरले रकम असुल गरी भिजिट भिसामा दुबई पठाएको बताए ।

जसमा जिल्ला जाजरकोट जुनिचादे गाउँपालिका वडा न. १ बस्ने वर्ष २८ का प्रेम प्रकाश बुढा जिल्ला जाजरकोट जुनिचादे गाउ पालिका वडा न. १ बस्ने वर्ष २६ का चक्र परियार, जिल्ला जाजरकोट जुनिचादे गाउपालिका वडा न. ४ बस्ने वर्ष २५ का बलु खडका र अन्य १३ जनाको भने परिचय खुलेको छैन ।

सो १६ जना मध्ये ८ जनाको पासपोट खोसेर लगिदिएको त्यहाँका अलपत्र परेका नागरिकले बताएका छन् । इन्टरनेटको माध्यमबाट नेपालमा आफ्ना आफ्न्तहरुसंग म्यासेन्जरमा कुराकानी पश्चात उनीहरु अलपत्र परेको थाहा पाएको उनका आफ्न्त नारायण रोकायले बताए । अहिले उनीहरूले लुकेर याे भिडियाे पठाएका छन । आफ्न्तहरुले पनि उद्दारको लागि अपिल समेत गरेका छन् ।

काठमाडौँका आशा ट्रभाल्सका संचालक इन्द्र बहादुर ओलीलाइ फाेन सम्पर्क गर्दा उनकाे फाे स्वीचअफ गरिएकाे थियाे ।

तल दिइएकाे ९ जनाकाे भने पासपाेर्ट खाेसीएकाे भन्दै संचारमाध्यमबाट आफ्न्तलाई पठाएका छन् ।

भिडियोमा के छ ?

भिडियोमा रोएर पनि अब के गर्ने हो र उनले पश्न गर्छन । उनको साइडमा रोएको आवाज आउछ । सो भिडियोमा उनले ठाउँकोमा हात राखी रोएको देखिन्छ । उनीहरु एउटा बन्द घरभित्र राखिएको र खानाको समेत बन्देज गरेको देखिन्छ । उनीहरुले आफ्नो उद्दारको लागी पहल गरिदिन आग्रह समेत गरेका छन् ।

बाँकी भिडियोमा

  • No tags available
प्रकाशित मिति : २०७८ असार ३० गते बुधबार