बर्दिया :
राष्ट्रिय युवा संघ नेपाल बर्दियाले जुलुस सहित सडक प्रदर्शन गरी प्रधानन्यायधिश चोलेन्द्र शमसेर जबराको पुत्ला दहन गरेको छ । दलीय व्यवस्था खारेज हुने गरि संसद पुनःस्थापना गरेको भन्दै प्रधानन्यायधिश जबराको पुत्ला जलाइएको हो ।
जिल्ला अदालत बर्दिया अगाडि भएको प्रदर्शनमा राष्ट्रिय युवा संघ नेपालका बर्दिया समयोजक राजु पहारी र अनेरास्ववियू र नेताहरु र नेपाल किसान महांसघका केन्द्रीय सचिव खड्क बहादुर खड्का लगायतले सम्बोधन गरेका थिए । सर्वोच्च अदालतको फैसला विरुद्ध राँके जुलुससहित प्रर्दशन गरिएको थियो ।
नेकपा एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियु बर्दिया ले प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध राँके जुलुससहित प्रर्दशन गरेको हो । सो क्रममा उनीहरुले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराविरुद्ध नाराबाजी गर्दै पुतला समेत दहन गरेका छन् ।
सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै काँग्रेस सभापति समेत रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा बर्दियामा विरोध जुलुस निकालिएको हो ।
टाउकोमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएको कार्यकर्ताहरुले सर्वोच्च अदालत र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध नाराबाजी गरेका छन् ।‘खबरदार, सबै फैसला मानिँदैन’, लेखिएको ब्यानरसहित युवासंघका कार्यकर्ताहरु सडकमा उत्रिएका हुन् । आन्दोलनलाई अनियन्त्रित हुन नदिनका लागि बर्दिया मा सुरक्षा व्यवस्था कडा पारिएको थियो।










प्रतिक्रिया दिनुहोस्