कोहलपुर
बाँकेको बैजनाथ गाउँपालिकाका तीन वडा साक्षर घोषणा भएकाक छन् । सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाले कुल वडा मध्ये तीन वडालाई साक्षर घोषणा गरिएको हो । सामाजिक विकास समितको आयोजनामा वडा नम्बर ५,६ र ७ वडाहरुलाई साक्षर घोषणा गरिएको छ ।
घोषणा सभालाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले स्थानीय सरकारले समुदाय स्तरमा शैक्षिक मापन पुरा गरी सबै वडाहरु लाई साक्षर घोषणा अभियान सञ्चालन गरिने बताउनु भयो ।
उहाँका अनुसार गाउँपालिकालाई साक्षर घोषणा गर्ने लक्ष्य अनुसार वडालाई घोषणा गरिएको हो । घोषणा सभामा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले नेपालमा साक्षार घोषणाको शुरुवात र यसको औचित्य बारे जानकारी गराउनु भएकाके थियो ।
साक्षर वडा घोषणा गरिने आधार माथी बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख विश्व राज ढकालले आफ्नो प्रस्तुति राख्नु भएको थियो । घोषणा सभालाई बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक राजनितिक दलका प्रतिनिधि शिक्षक महासंघ लगाएतले शुभकामना व्यक्त गरेका थिए । भने सामाजिक विकास समितका संयोजक गुमान बहादुर दमाइको अध्यक्षता कार्यक्रम सम्पन्न गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्