गंगाधर पौडेल । कोहलपुर ।
जबरजस्ति करणी मुद्दामा अदालतले कैद सजाय तोकेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर, ९ ढकेरीका २८ वर्षीय जित वहादुर थारुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका थारुलाई जबरजस्ति करणी मुद्दामा जिल्ला अदालत बाँकेले २०७७ चैत्र २२ गते ९ वर्ष ८ महिना २२ दिन कैद हुने फैसला गरेको थियो । सोही बेलादेखि फरार रहेका थारुलाई बिशेष सूचनाको आधारमा घरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ परेका थारुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा सोमवार नै बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति : २०७८ असार २९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्