शंकर पोखरेल भन्छन् : संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात



कोहलपुर : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद पुर्नस्थापना गर्नु संसदीय व्यवस्था दलीय प्रणालीमाथि गम्भीर आघात भएको टिप्पणी गरेका छन् ।

सोमबार दुई दिनभित्र नेपाली काँगे्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । सर्वोच्चको निर्णय प्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री यस्तो टिप्पणी गरेका हुन् । सर्वोच्चको निर्णय प्रति नेकपा एमालेको ओली पक्षले विरोध गरेको छ ।

ओली निकट युवा संघ नेपालले अहिले माइतीघर मण्डलामा विरोध गरिरहेको छ । अहिलेसम्म एमालेका अन्य नेताहरुले केही पनि बोलेका छन् । तर ओलीका विश्वासका पात्र समेत रहेको लुम्बिनीका मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो कुरा लेखेका हुन् ।

उनले फेसबुकमा संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात। सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो। लेखेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २८ गते सोमबार