कोहलपुर, बाँकेको कोहलपुर नगरपालिकामा बजेट माथि दफाबार छलफल शुरु भएको छ । आगामी आर्थिक वर्ष २०७८०७९ को लागि प्रस्तुत बजेटको करिब ढेड सातापछि बल्ल बजेट माथि छलफल शुरु भएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गत असार १० गते कार्यपालिका सदस्य डिलबहादुर परियारद्धारा बजेट प्रस्तुत गरिएको थियो ।
विगतका वर्षहरुमा कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जुकुमारी चौधरीले बजेट प्रस्तुत गर्दै आएकी थिइन भने यसपटक भने कार्यपालिका सदस्य परियारले बजेट प्रस्तुत गरेका थिए । त्यसको भोलीपल्ट उप–प्रमुख चौधरीको अगुवाई नेपाली काँग्रेस निकट जनप्रतिनिधिहरुले बजेट असंवैधानिक भएकोले अस्वीकार गर्ने पत्रकार सम्मेलन मार्फत बताएका थिए ।
तर १३ गते नगर सभा बोलाइएपनि उनीहरुको अवरोधका कारण लगातार सुचार हुन सकेन । शुक्रबारको नगर सभामा उप –प्रमुख सन्जुकुमारी चौधरीले कोहलपुर नगरपालिकाका आर्थिक विद्येयक– २०७८, विनियोजन विद्ययेक २०७८ सभामा ठेबल भएको छ । आर्थिक विकास समितिका संयोजक दिलबहादुर परियारलले शुक्रबारको नगर सभामा दुई विद्ययेक प्रस्तुत भएको र शनिबारदेखि बजेट माथि दफाबार छलफल हुने जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्