बाँसगढी
बर्दियाको बाँसगढी नगरपालिकामा बिरुवा वितरण गरिएको छ । नगर कृषि विकास शाखाको आयोजनामा बुधबार नगरपालिकामा बिरुवा वितरण गरिएको हो । कृषि शाखा प्रमुख लालबहादुर खड्काका अनुसार बाँसगढी नगरपालिकाको आ.व. २०७७÷०७८ को कार्यक्रम अनुसार वडामा बिरुवा वितरण गरिएको हो ।
वडामा बिरुवा वितरणका लागि लुम्बिनी प्रदेश मार्फत सञ्चालित मुख्यमन्त्री ग्रामीण रोजगार कार्यक्रमले पनि कृषि विकास शाखालाई सहयोग गरेको थियो । कृषि विकास शाखाले मागको आधारमा वडालाई बिरुवा सहयोग गरिएको प्रमुख खड्का बताउँछन् ।
सबै वडामा वडा कार्यालयको सिफारिसमा फलफूलका आँप,लिपि,अम्बा,अनार का बिरुवा कृषकहरूलाई वितरण गरिएको उनको भनाइ
छ । उनले कागतीको बिरुवा बाँसगढी सब डिभिजन वन कार्यालयदेखि वितरण भइरहेको जानकारी दिए ।उनले भने,‘ किसानहरुको मागको आधारमा बिरुवा वितरण गरिएको हो ।
हरियाली बाँसगढी बनाउन यसले सहयोग पुग्नेछ । शाखाले कृषि क्षेत्रको विकास र हरियाली गर्नको लागि सहयोग गर्दै आएको छ ।’ बाँसगढी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ ।









प्रतिक्रिया दिनुहोस्