कोहलपुर ।
नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या फेरी थपिदैं जान थालेको छ । मंगलवारभन्दा पछिल्लो २४ घण्टामा बुधवार थप २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । देशभर ७ हजार ८ सय ३५ जनाको पीसीआर टेष्ट गर्दा २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै देशभरमा ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा ६ लाख ९० हजार ९७४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ३३३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ६ लाख १४ हजार ३२७ जना पुगेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ । यस्तै १० वर्ष मुनिका ७६ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९० जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै काठमाडौंमा ३९०, कास्कीमा २१०, चितवनमा २०६, झापामा १६९, सुनसरीमा १२४ र मोरङमा १२३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
यस्तै ललितपुरमा ८६, नवलपरासी पूर्वमा ७२, मकवानपुरमा ६८, भक्तपुरमा ६७, काभ्रेपलाञ्चोकमा ६५, कैलालीमा ५१, रुपन्देहीमा ४२ जना कोरोना संक्रमित थपिएका थिए । नुवाकोटमा ३७, तनहुँमा ३५, पाल्पामा २६, बर्दियामा २१, सिन्धुपाल्चोकमा र स्याङजामा २०÷२० जना, जुम्लामा १९, धनकुटामा १७, गोरखामा १५, दाङमा १३, धादिङमा १२, कञ्चनपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख रहेको
छ ।









प्रतिक्रिया दिनुहोस्