सुजिताको शव अस्पताल ल्याउन अवरोधः राजमार्ग अवरुद्ध, प्रहरीविरुद्ध नारावाजी (भिडिओसहित)



काठमाडौं ।

पूर्वी चितवनको राप्ती नगरपालिका नजिक जंगलमा आइतबार मृत भेटिएकी सुजिता भण्डारीको शव ल्याउन आफन्त र स्थानीयले अवरोध गरेका छन् ।

घटनास्थलबाट मुचुल्का तयारी गरी शव भरतपुर अस्पताला लैजाने क्रममा प्रहरीलाई आफन्त र स्थानीयले अवरोध गरेका हुन् ।

ब्रम्हस्थानी सामुदायिक वनको जंगलबाट आज बिहान मुचुल्का गरी प्रहरीले शव निकालेको थियो । प्रहरीले शव राप्ती नगरपालिकाको वडानम्बर ३ मा ल्याइपुर्‍याउँदा अवरोध भएको छ । त्यहाँ उनीहरुले प्रदर्शन गरेका छन् ।

असार ११ गते बिहान साथीको घर जान्छु भनेर निस्किएकी सुजिता त्यसै दिनदेखि हराएकी थिइन् । सोही दिन अपराह्न उनले दिदीलाई फोन गरेर आफू अपहरणमा परेको बताएकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २१ गते सोमबार