मधुर पौडेल । बर्दिया ।
बर्दियाको बाँसगढी नगरपालिकामा सञ्चालित २५ दिने बुटिक तालिम सम्पन्न भएको छ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तरर्गत सञ्चालन गरिएको तालिम शनिवार सम्पन्न भएको हो ।
तालिम समापन गर्दै बाँसगढीका नगर प्रमुख शालिकराम अधिकारीले पछाडी परेका तथा ग्रामिण क्षेत्रका समुदायलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिएको बताएका थिए ।
स्थानीय स्तरमा नै उपलब्ध भएका श्रोत साधनको पहिचान गरि त्यसको उचित प्रयोग गर्दै जिवन स्तर उकास्नुपर्ने उनले बताए । नगरपालिकाले वडा नम्बर ६, ७ र ८ मा यो कार्यक्रम लागू गरेको छ ।
गरिबीको रेखामुनी रहेका परिवारका लागि स्थानीय श्रोत साधन र सीपको परिचालन गरी स्थानीय स्तरमा नै उद्यमशीलता विकास मार्फत् रोजगारी सिर्जना गर्ने उद्देश्य यो कार्यक्रमको हो ।
कार्यक्रम मार्फत् नगरपालिकाका ३ वटा वडाका ८५ जनालाई लघु उद्यमी बनाउने उद्देश्य राखिएको छ । तालिममा ८५ जना सहभागि रहेको आयोजकले जनाएको छ ।
सोही अवसरमा ९० जनालाई सिलाई कटाई, गुडिया वनाउने , बुटिक निर्माण, बाख्रापालन, कुखुरा पालन लगायतका कार्यक्रममार्फत परम्परागत सिपमा आधुनिकरण गर्दै जिवनस्तरमा सुधार ल्याउनका ८० देखी शत प्रतिशत अनुदानमा व्यवसाय संचालनार्थ सामाग्री प्रदान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्