देशभर थपिए २७६० संक्रमित, बिहीवार थप ४०१७ कोरोना संक्रमणमुक्त



कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा बिहीवार थप २ हजार ७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय ३० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८ सय ५७ र ३ जहार ८ सय ५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ सय ३ जना गरी २ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४० हजार ६६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीवारसम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३ सय ६८ जना रहेको थियो ।

पछिल्लो २४ घण्टामा थप ४ हजार १७ कोरोना जितेर घर फर्किएका थिए । त्यस्तै थप ३३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ । यस्तै १० वर्ष मुनिका ५२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १४३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै काठमाडौंमा ३१६, झापामा २४८, कास्कीमा १८९, मोरङमा १७६, सुनसरीमा १२९ जनामा कोरोना संक्रमित थपिएका थिए ।

यस्तै ललितपुरमा ७४, रुपन्देहीमा ५७, ताप्लेजुङमा ५२, चितवन र मकवानपसुरमा ४८÷४८ जना, तनहुँमा ३९, नवलपरासी पूर्वमा ३८, काभ्रेपलाञ्चोकमा ३४, सिन्धुपाल्चोकमा ३२, नुवाकोटमा ३०, भक्तपुरमा २९, बागलुङमा २८ जना लमजुङमा २५ जनामा कोरोना संक्रमण देखिएको थियो । पाँचथर र दाङमा १८÷१८ जना, जुम्लामा र सुर्खेतमा १६÷१६ जना, स्याङजामा १५, सिरहामा १४, सप्तरी, दोलखा र गोरखामा १२÷१२ जना, धनुषामा ११, पाल्पामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रबार