कोहलपुर ।
बाँके र बर्दिया लगायत देशभरी नै किसानहरुले १८ औं धान दिवस मनाएका छन् । अन्नको भण्डारका रुपमा चिनिने बाँके र बर्दियामा पनि समयमै वर्षा भएकाले किसानहरु अहिले धान रोपाइँमा व्यस्त छन् । समयमै वर्षा भएको र मलको अभाव झेल्न नपरेकाले यो वर्ष उत्पादन बढ्ने आशा किसानहरु रहेका छन् । असार १५ लाई दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ ।
सरकारले नेपाललाई कृषिमा आत्मककनिर्भर बनाउनका लागि कृषि पकेट क्षेत्रहरु समेत घोषणा गरेको छ । नेपालमा वि. सं २०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाउन लागिको हो । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो ।
यस्तै मंगलबार बाँकेका ७ वटै पालिकाहरुमा धान दिवस मनाइएको छ भने कोहलपुर नगरपालिकामा भने धान दिवस मनाइएको छैन । कोहलपुर नगरपालिकाका जनप्रनितिधिहरु विच आर्थिक वर्ष २०७८÷०७९ को बजेट तर्जमा कुरा नमिल्दा आरोपप्रत्यारोप गरी धान दिवसको तयारी समेत नगरिएको कोहलपुर नगरपालिका लुट बहादुर रावतले बताए । कोहलपुर नगरपालिकाको १५ वटै वडाहरुमा कृषि पकेट क्षेत्रको निति तथा कार्यक्रममा समेत राखेको छ ।
यस्तै बैजनाथ गाउँपालिकाले पनि धान दिवस भव्यका साथ मनाएको छ । धान दिवसको अवसरमा बोल्दै गाउँपालिकाका प्रमुख मान बहादुर रुचाल ठकुरीले कृषिमा आधुनिकरणको आवश्यकता रहेको बताए । कृषिमा मेसिनद्वारा न्यूनतम मुल्यमा अधिकतम मुल्य आर्जन गर्ने योजना ल्याउनु आवश्यक रहेको बताए । उनका अनुसार कृषकहरुको बालीको बिमा, तरकारीहरुको संकलन गरी बजारीकरण गर्ने, सहकारी मार्फत धान विक्रि वितरण तथा दुई वटा धान रोप्ने मेसिन समेत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष रुचालले बताए ।
यस्तै बैजनाथ गाउँपालिकाका कृषि शाखाका प्रमुख प्रमोद कुमार विश्वकर्माले ३५ सय हेक्टरमा धान खेती भएको बताए । गाउँपालिकामा १० हजार मेट्रिक्टन धान उत्पादन भएको उनको भनाई थियो । यस्तै नेपालगञ्ज कृषि शाखाका प्रमुख रामकृष्ण चौधरीले कार्यक्रम र नीति जतिसुकै राम्रो बनाइए पनि मल, सिंचाई र विउविजनको अभावमा किसानहरु भोगि रहेका छन् । उपमहानगरपालिकामा धान खेती कति हेक्टरमा गरिरहेका छन् यकिन तथ्यांक भने नभएको उनको भनाई थियो ।
यस्तै नेपाल सरकारको तथ्थांक अनुसार नेपालमा वार्षिक सरदर साढे ३३ लाख मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । जबकी नेपालमा खपत वार्षिक ४० लाख मेट्रिक टनको हाराहारीमा छ ।
नेपालको मुख्य कृषि बालीको रुपमा रहेको धानको उत्पादन एकनास नरहेर उत्तारचढावपूर्ण छ । सिंचाई र मलको अभाव नभएको अवस्थामा नेपालमा केही बर्ष अघि ५२ लाख मेट्रिकसम्म उत्पादन भएको पाइन्छ । तर जमिन बाँझो छाडने चलन र पर्याप्त सिंचाई विउविजन एवं मलको अभावमा उत्पादनमा ह«ास आउँदा आयात बढ्दै गएको छ ।
यस्तै एकिकृत कृषि तथा पशुपंछी विकास कार्यालय बर्दियाको तथ्थांक अनुसार बर्दियामा ७५ हजार हेक्टर जमिनमा कृषि खेति हुदै आएको छ । बर्दियामा हाल ५० हजार हेक्टर जमिनमा धान खेति हुने गरेको छ । बार्षिक रुपमा मात्र बर्दियामा प्रति हेक्टर ४ मेट्रिक टन धान उत्पादन हुने गरेको छ भने जिल्लामा बार्षिक १७ हजार मेट्रिक टन मल आवश्यक रहेको तथ्थांक रहेको छ ।
यस्तै बाँके कृषि ज्ञान केन्द्रको तथ्थांक अनुसार बाँकेमा हाल ५२ हजार ८३८ हेक्टर जग्गामा खेति भईरहेको छ । जसमध्ये ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्