एसपी अधिकारीले सम्हाले कार्यभार



नेपालगञ्ज ।

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखको रुपमा प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारी आएका छन् । उनले आइतवार एक कार्यक्रमका बीच आफ्नो कार्यभार समेत सम्हालेका थिए । उनको केही दिनअघि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा रुपन्देहीबाट बाँके प्रहरी प्रमुखको रुपमा सरुवा भएको थियो ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाको नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी उपरीक्षक रानालाई आइतवार नै एक कार्यक्रमका बीच बिदाई समेत गरिएको थियो ।

यस्तै आइतवार नै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले समेत आफ्नो कार्यकाल सम्हालेका
थिए । यसअघिका प्रहरी नायब उपरीक्षक सुवास खड्काको उपत्यका ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाण्डौ सरुवा भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १४ गते सोमबार