कोहलपुर ।
कोहलपुर नगरपालिकाको नगर सभा अर्को मिति तय नभएसम्मका लागि स्थगित भएको छ । आइतबार नेकपा एमाले र नेपाली काँग्रेसबाट निर्वाचित जनप्रनितिधिहरुको लामो छलफलपछि अर्को सूचना नआएसम्मका लागि नगरसभा स्थगित गरिएको निर्णय भएको हो । दुबै निकटका निर्वाचित जनप्रनितिधिहरुले विभिन्न विषयलाई लिएर आरोपप्रत्यारोप गरेका थिए ।
नेकपा एमाले निकटका कोहलपुर नगरपालिकाले प्रमुख लुट बहादुर रावतले छलफलमा बौल्दै तपाईहरुको अवरोध गर्नुको कारण के हो ? किन मिडियामा अवैध बजेट स्वीकार गर्दैनौँ भन्ने ? भन्दै आरोप लगाउँदै उनले प्रश्न गरे । ‘स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ को उपदफा १ बमोजिम कार्यपालिकाको बैठकको निर्णय अनुसार बजेट पेश गरेको छ, उनले भने ‘बजेट बक्तव्य नगरसभामा पेश गर्ने क्रममा उठेर हिडेपछि कानून अनुसार बजेट आएको हो ।’
‘बिहानदेखि साँझसम्म सभासद्हरु बसिरहेको र दुई वटा छलफलपछि बजेटको बक्तव्य पुरा तयारी गरी सभामा प्रस्तुत गर्ने क्रममा अन्तिममा तपाईहरु बाहिरिहिनुभयो’ उनले थपे, ‘त्यसपछि हामीले बाध्यात्मक प्रस्थिति सृर्जना भएपछि कार्यपालिकाकाको निर्णय अनुसार कार्यापालिकाको सदस्य दिल बहादुर परियारलाई बजेट सभामा पेश भएको थियो ।’
प्रमुख रावतका अनुसार वा सदस्य भनेको कानूनमा नै छ त्यसमा उपपेयरलाई माइनस गरेको हुन्छ, उपमेयर बाहिर निस्किएपछि गर्ने के ? स्थानीय सञ्चालन ऐन २०७४ को कानुनमा दिएको अधिकारको प्रयोग गर्दै सदस्यबाट बजेट पेस भयो । ‘अहिले डल्लो बजेट आएको छ, उनले भने, त्यसको ‘स—सानो टुक्रा बनाउने क्रममा तपाईहरुले नै त्यसको विनियोजन गर्ने हो ।’ यहाँ कुनै बहुमतको दम्भ देखाएर काम नगरेको र यदि बहुमतको दम्भ भएको भए अहिले तपाईहरुसंग टेलबुमा वार्तागर्नुको कुनै आवश्यकता थिएन तर हामीले तपाईहरुसंग वार्तामा बसेका छौं प्रमुख रावतले बताए । यस्तै कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीले कार्यपालिकाको सदस्यले उपप्रमुखको हैसियतले बजेट प्रस्तुत कहाँ लेखेको छ भन्दै आरोप लगाएकी थिइन् ।
उनका अनुसार दुई पटक सहमति भएको थियो सोही अनुसार गएको भए यो अवस्था नआउने बताइन् । ‘अस्पताल जनताको घर नजिक हुनुपर्दछ’ उनले भनीन्, ‘कोहलपुर नगरपालिका नजिक बनाएर वडा नम्बर १५, १४, ७, ८, ९, का बासिन्दाहरुलाई सहजताका लागि मैले आवाज उठाएकी हुँ ।’ हामीलाई जानकारी नदिइकन कार्यपालिकाको निर्णय गरी कार्यपालिकाको सदस्यलाई बजेट प्रस्तुत कहाँ गर्ने पाइन्छ भन्दै प्रमुख र कार्यपालिका सदस्यहरुलाई उनले आरोप लगाइन् ।
उपप्रमुख के कति कारणले असक्षम भयो त ? के कति कारणले अयोग्य भयो त ? उपप्रमुख हुँदाहुँदै कार्यपालिकाको सदस्यले बजेट बक्तव्य पेश गर्ने मिल्छ भन्दै आरोप लगाएकी थिइन् । यस्तै नेकपा एमाले निकटका कार्यपालिका सदस्य दिल बहादुर परियारले बुदा नम्बर १८ को विषयलाई लिएर बहिस्कार गर्ने, कार्यपालिकाको बैंठकमा सहभागि नहुने भन्दै आरोप लगाएका थिए ।
उनका अनुसार शम्शेरगंज स्वास्थ्य चौकीलाई चिकित्सकिय सेवा सहित पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरी अस्पताल सञ्चालन गर्नेका लागि १ करोड ५० लाख रकम विनियोजन गरिएको थियो, त्यसमा हाम्रो भनाई के हो भने कोहलपुर स्वास्थ्य चौकी नजिक अस्पतालको शिलान्यास भएको स्थानमा सो बजेट विनियोजन गर्नुपर्दछ भन्ने थियो तर त्यहि विषयलाई लिएर उपप्रमुखले विवाद गर्नुभएको उनले आरोप लगाए । अहिले प्रत्येक वडामा प्राथमिक स्वास्थ्य चौकी स्थापना भएका छन्, तर नेपाल सरकारले १५ शैय्याको अस्पताल निर्माणका लागि भनेर बजेट दिएको परियारको भनाई थियो ।









प्रतिक्रिया दिनुहोस्