अनेरास्वीयु बाँकोद्वारा शिक्षा क्षेत्रमा परेको प्रभावबारे बृहत अन्तक्रिया कार्यक्रम गर्ने



कोहलपुर ।

अनेरास्ववियु जिल्ला कमिटि बाँकेले कोरोनाको बेलामा शिक्षा क्षेत्रमा पारेको प्रभाव बारेमा बृहत अन्तक्रिया कार्यक्रम हुन लागेको छ ।

७० औं मदन जयन्तीको अवसरमा शिक्षा क्षेत्रमा पारेको प्रभाव बारेमा बृहत अन्तक्रिया कार्यक्रम हुन लागेको हो । केन्द्रिय सदस्य सुमन घिमिरेका अनुसार सोमबार अर्थात आज दिउसो १ बजे नेकपा एमालेको पार्टी कार्यालयमा शिक्षा क्षेत्रमा पारेको प्रभाव बारेमा बृहत अन्तक्रिया कार्यक्रम हुन लागेको बताए ।

प्र्मुख अतिथी देबराज भार, बिशिष्ट अतिथि पार्टी अध्यक्ष सुर्य ढकाल, स्थाइ कमिटी सदस्य सुर्य रोकाय, सचिवालय सदस्य मोहित शाह लगायतको उपस्थित रहने घिमिरेले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १४ गते सोमबार