गायक शिव परियारले नेपालमा आधुनिक शैलीबाट जातीय विभेदलाई बढावा दिइएको बताएका छन्। ‘नरिसाउ ल नानी’ भनि भनि आधुनिक शैलीमा विभेदलाई निरन्तरता दिइनै रहने हो भने विभेद समाजमा राखिरहेसम्म सरस्वती प्रधान र रुपा सुनार चरित्रको द्वन्द समाजमाजारी नरहला भन्न सकिन्न ररु त्यो पक्कै पनि नेपाली समाजका लागि हितकर हुने देख्दिनँ म,’ परियारले आफ्नो फेसबूकमा लेखेका छन् ।

विगतको भन्दा विभेदको शैली फेरिएको गायक परियारले उल्लेख गरेका छन्। ‘बा, हजुरबा पुस्तामा ठाडै अपशब्द बचन वचन बोलेर गरेको विभेद मात्रै विभेद थियो । अहिले त माया गरेर बोलेर पो व्यवहार गरेको रहेछ नि । यस्तो नि विभेद हुन्छ र रु भन्ने पुस्ता यसपटक सामाजिक सञ्जालमा धेरै देखिए । यो अहिलेको पुस्ताले चाहिँ विभेद गर्ने शैलीमा अलिक आधुनिकता भित्र्याएको पाइयो,’ उनले भनेका छन्।
मंगलबार सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारले काठमाडौंको बबरमहलमा आफूमाथि जातकै आधारमा विभेद भएको दाबी गर्दै प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन्। तत्पश्चात् घरबेटी सरस्वती प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो। प्रधान ३ दिन प्रहरी हिसारतमा बसेर छुटेकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्