कोहलपुर ।
नेपालमा पछिल्लो २४ घण्टामा शनिवार थप २ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ४ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १ सय ७४ र ४ हजार ८ सय ६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३ सय २६ पुगेको मन्त्रालयले जनाएको छ । देशभर कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको थियो भने ४ हजार ९ सय १४ जना संक्रमणमुक्त भएका थिए । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण ८ हजार ९७५ जनाको मृत्यु भइसकेको छ । देशभर शनिवारसम्म सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । तीमध्ये ३९ हजार १ सय ९९ जना होम आइसोलेसनमा र २ हजार ८ सय २५ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये ७३४ जना आईसीयूमा र २२२ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्