बाँकेको कोहलपुरमा आँखामा पट्टी र हातमा साङलो बाँधेर विरोध (फोटो फिचर)



कोहलपुर : जातीय विभेदको संरक्षणलाई संरक्षण गर्ने सरकारका बहालवाला मन्त्रीको बर्सास्तीको माग गर्दै कोहलपुरका युवाहरु सडकमा उत्रिएका छन् ।

जातीय विभेद जस्तो अपराधमा अदालतमा रहेकी आरोपित महिलालाई झण्डावाल गाडिले स्कटिङ गरेर जातीय विभेदलाइ्र प्रसय दिएको भन्दै बर्खास्तीको माग गरेका हुन् ।

शनिबार कोहलपुरका न्यूरोडमा जम्मा भएका कोहलपुरका युवा, युवती तथा अधिकारीहरुले आँखामा पट्टी र हातमा साङलो बाँधेर सांकेतिक विरोध गरेका थिए ।

उनीहरुले जातीय विभेदको अन्त्य गरौँ, जात व्यवस्था खारेज गर र जातीय विभेदको संरक्षण गर्ने मन्त्रीहरुलाई बर्खास्त गर भन्ने नारा लेखिएका प्ले कार्ड समेत बोकेका थिए ।

उक्त अवसरमा बोल्ने अधिकांश वक्ताहरुले राज्यद्धारा संरक्षित अपराध कुनैपनि हिसाबमा स्वीकार योग्य नहुने बताएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १२ गते शनिबार