बागेश्वरी बहुमुखी क्याम्पस मा राजनीति शास्त्र अति आवस्यक नेविसंघका नेता युवराज विष्ट



(बाँके) कोहलपुर मा धेरै वटा पाइभेट क्याम्पस हरु छन जसले विवियस र विविय जस्ता थुप्रै विषयहरुमा गुणस्तरिय शिक्षा प्रदान गर्दै आयका छन। र यक्दमै नाफा कमाउदै आयका छन। र ती क्याम्पस हरु को उद्देश्य नै नाफा कमाउनु हो। तर पछिल्लो समयमा क्याम्पस प्रशासन को ध्यान गुणस्तरीय शिक्षा भन्दा नाफा कमाउन तिर केन्द्रीत भयको हुदा क्याम्पसको शैक्षिक गुणस्तर पनि खुस्किदै गैईरएको नेविसंघका नेता युवराज विष्टले बताएका छन ।
तिनै प्राइभेट क्याम्पसका व्यापारीहरु सँग सिङ्गौरी खेल्दै आइरहेको छ। म पनि एक विश्वविद्यालय अन्र्तगत बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर। जुन कोहलपुर क्षेत्रकै उत्कृष्ट शैक्षिक गुणस्तर प्रदान गर्न सफल बागेश्वरी बहुमुखी क्याम्पसले विभिन्न विषयहरुको अध्यन अध्यापन गराउदै आइरहेको छ। रजनैतिक भविस्य शुन्दर देखेर राजनीतिमा लागेका अधिकाङ्स विद्यार्थी साथीहरू विवियस अध्ययन गर्दै आइरहेका छन। बागेश्वरी बहुमुखी क्याम्पसमा आज भन्दा धेरै वर्ष अगाडिबाट विद्यार्थी नेताहरु उत्पादनमा आईरयका बताबउछन। बर्सेनि विभिन्न संघठनमा सयौ विद्यार्थी साथीहरू आबद्ध भैरहेका हुन्छन्। राजनीति नजानेका नसुनेका कयौं विद्यार्थी नेताहरुलाई परिक्क र असल राजनैतिक विश्लेषक बनायर पठाउने बागेश्वरी बहुमुखी क्याम्पसमा राजनीति शास्त्र पढाइ नहुनु दुस्खद कुरा हो। तर यशको फाइदा देशका अन्य क्याम्पसहरुले लगिरहेका छन। कोहलपुरका विद्यार्थी साथीहरू भन्छन राजनैतिक शास्त्र अध्ययनका लागि कोहि महेन्द्र बहुमुखी क्याम्पस धाउछन त कोहि काठमाडौ त्रिचन्द्र क्याम्पस धाउछन। तिनै विद्यार्थीहरुलाई कोहलपुरमै राजनीति शास्त्र अध्यन गर्ने वातावरणको सृजना हुन आवस्यक छ। अझै विडम्बनाको कुरा त दिनमा एक सय रुपिया गाडी भाडा खर्च गरेर अध्ययनका लागि महेन्द्र बहुमुखी क्याम्पस धाउछन। भने कयौ पैसा खर्चियर कठमाण्डौको त्रिचन्द्र क्याम्पस मा अध्ययन गर्दै आइरहेका छन।

निशुल्क राजनीति शास्त्र आजको आवस्यकता हो..युवराज विष्ट.

यशका लागि सम्पुर्ण सरोकारवाला पक्षको ध्यान केन्द्रीत हुन आवस्यक छ। कोहलपुरका प्रत्यक वडाहरुले कम्तीमा दुइजना विद्यार्थी लाई निशुल्क राजनैतिक शास्त्र अध्यन गर्ने व्यवस्था ल्याईदिएको भए अझै केहि विद्यार्थीहरूलाई सहज हुन्थो । यसो गर्नाले हामी भविस्यमा देश हाक्ने सफल र परिपक्क असल नेतृत्व पाउन सक्छौ। स्वार्थ उन्मुख राजनिती बाट टाढियर निस्वार्थ उदार्तावादी राजनैतिक सामाजिक चेतना भर्नका लागि वार्डतहले निशुल्क राजनीति शास्त्र अध्यन गर्ने वातावरणको सृजना गर्नु पर्दछ।

राजनैतिक शास्त्र नै यउटा यस्तो विज्ञान हो जसले विश्वका सम्पुर्ण तानाशाहीहरुको दिमाग सामाजिक उदारतावादी यवम लोकतान्त्रीक चेतनाको स्तर वृद्धि गर्न सक्छ। राष्ट्रिय राजनीतिमा विकृती फैलिरहेको अवस्थामा, राष्ट्रिय राजनैतिक संकट उत्पन्न भैरहेको बेला राजनैतिक शास्त्र अध्यन गर्न झनै आवस्यक देखीयको छ। विकृति भने कै मुलुकमा तानाशाही शैली हावी हुनु हो।अध्यन को आवस्यकताले नै आज मुलुक राजनैतिक संकट मा गुज्रिरहेको छ। अशिक्षित,अस्वस्थ,नैतिकता हिनभएका ब्याक्तिहरुले मुलुक हाकी रहेको यश अवस्थामा राजनीति शास्त्र अध्ययनको आवस्यकता अझ बढी रहेको छ। सम्पुर्ण तानाशाहीहरुको दिमागमा सामाजिक चेतना भर्नका लागि लोकतान्त्रिक चेतनास्तर वृद्धि गर्नका लागि राजनैतिक शास्त्र अध्यन गर्न आवस्यक छ। राजनैतिक शास्त्र नै यउटा यस्तो शिक्षा प्रणाली हो जस्ले स्वार्थ उन्मुख राजनीति लाई उछिनेर स्वच्छ उदारतावादी राजनीति गर्न प्रेरित गर्दछ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १२ गते शनिबार