बाँकेमा तीन थपिदाँ, १२ जना डिस्चार्ज



कोहलपुर ।

पछिल्लो २४ घण्टामा बिहीवार बाँकेमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा तीन जनामा संक्रमण पुष्टि भएको हो । १ सय ३५ नमूना परीक्षण गर्दा २० जनामा कोरोना संक्रमण देखिएको थियो ।

तीमध्ये तीन जना बाँके जिल्लाका र अन्य बाहिरी जिल्लाका रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । एक महिला र दुई पुरुषमा संक्रमण देखिएको थियो । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुष र मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

बागेश्वरीको प्रयोगशालामा गरिएको परीक्षणमा भने बाँकेका सबै रिपोर्ट नेगेटिभ आएको थियो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय २२ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

तीमध्ये ७ हजार ४ सय २२ महिला १० हजार पुरुष रहेका छन् । बिहीवार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ७ महिला र १० पुरुष गरेर १७ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा जिल्लाका थप १२ जना कोरोना संक्रमण जितेर डिस्चार्ज भएका थिए ।

८ महिला र ४ पुरुष गरेर थप १२ जना डिस्चार्ज भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले बताए । योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या १७ हजार ४७ पुगेको छ । कोरोना जित्नेहरुमा ७ हजार २ सय ५८ महिला र ९ हजार ७ सय ८९ पुरुष रहेको फोकल पर्सन ओलीले जानकारी दिए ।

बिहीवारसम्म बाँकेमा कुल सक्रिय कोरोना संक्रमितको संख्या १ सय १४ रहेको थियो । तीमध्ये ३५ महिला र ३० पुरुष गरेर ६५ जना बाँकेका तथा ३६ जना बाहिरी जिल्लाका रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

तीमध्ये ३२ महिला र २७ पुरुष गरेर ५९ जना होम आइसोलेसनमा रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले बताए । उनका अनुसार अस्पतालमा १३ महिला र २९ पुरुष गरेर ४२ जना उपचाररत रहेका थिए ।

पछिल्लो २४ घण्टामा समेत बाँकेका कुनै पनि संक्रमितको उपचारका क्रममा मृत्यु भएको थिएन । जिल्लाका अस्पतालमा उपचाररत बाहिरी जिल्लाका दुई संक्रमितको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । योसँगै १ सय २९ महिला र १ सय ८१ पुरुष गरेर बाँकेका ३ सय १० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

बाहिरी जिल्लाबाट उपचारका लागि रिफर भएर आएका ३ सय ५३ जनाको मृत्यु भएको थियो । तीमध्ये १ सय ९ महिला र २ सय ४४ पुरुष रहेका छन् । अहिले बाँके र बाहिरी जिल्लाका गरेर ६ सय ६३ जनाको मृत्यु भइसकेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । तीमध्ये २ सय ३८ महिला र ४ सय २५ पुरुष रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रबार