बैजनाथ गाउँपालिकाको ६५ करोड ४३ लाख बढिको बजेट



डिल्ली शाही, कोहलपुर ।

बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि ६५ करोड ४३ लाख बढिको अनुमानित बजेट प्रस्तुत गरेको छ । बिहिबार गाउँपालिकाको नियमित गाउँसभामा उपाध्यक्ष शारदा विश्वकर्माले आर्थिक वर्ष २०७८÷०७९ को लागि ६५ करोड ४३ लाख ९० हजार २ सय २ रुपैया ३१ पैसाको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

यस्तै गाउँपालिकाको संघिय आयतर्फ समानिरकरण, सर्शत चालु, सर्शत पूँजिगत, विशेष अनुदान, समपुरक अनुदान, राजस्व रकम क्रमश: १६ करोड ६१ लाख, २६ करोड ७ लाख, २ करोड ५१ लाख, ८४ लाख, ५२ लाख, १० करोड ५८ लाख ८५ हजार, रहेको छ ।

यस्तै गाउँपालिकाको प्रदेश आयतर्फ समानिरकरण, सर्शत रकम, विशेष अनुदान, समपुरक अनुदान, राजस्व रकम क्रमशः ७९ लाख १२ हजार, ५८ लाख ४४ हजार, ६० लाख, १ करोड ५० लाख, १ करोड ५० लाख ४९ हजार ९ सय २ रुपैया ३१ पैसा रहेको छ भने आन्तरिकतर्फ ३ करोड ५० लाख रहेको छ । जसमा गाउँपालिकाले १७ वटा उदेश्यहरु र ५ वटा प्राथमिकता सहित अनुमानित बजेट ल्याइएको छ ।

यस्तै गाउँपालिकाको ८ वटै वडाहरुलाई पूर्वाधार अन्तर्गत ४ करोड ३९ लाख ३५ हजार ३ सय रुपैया बजेट नियोजन गरेको छ भने भूगोलको आधारमा ६० प्रतिशत बजेट कायम गरी प्रत्येक वडालाई ३२ लाख ९५ हजार १ सय का दरले २ करोड ६३ लाख ६० हजार ८ सय र २०६८ सालको जनसंख्याको आधारमा ४० प्रतिशत कायम गरी प्रत्येक वडाको १ करोड ७५ लाख ४७ हजार ५ सय रकम विनियोजन गरेको छ ।
यस्तै बजेट तथा कार्यक्रम तर्जुमा समितिले प्रत्येक वडाको सिफारिसमा कम्तीमा ५ लाखका बढिमा ७ वटा योजनाहरुको छनोट गरेको छ । प्रदेश सरकारको समपुरक अन्र्तगत विभिन्न ६ वटा पूर्वाधार विकास आयोजनाका लागि १ करोड ५० लाख, संघिय सरकारको आयोजनाको लागि ५२ लाख, तराई समृद्धि कार्यक्रम ३० प्रतिशत लागत साझोदारी हुने गरी १२ लाख रकम विनियोजन गरेको छ ।

यस्तै गाउँपालिकाले शिक्षा तर्फ रहेका आधारभुत विद्यालय र माध्यमिक विद्यालयहरुलाई प्रविधियुक्त बनाउनका लागि १३ लाख ५० हजार, नमूना विद्यालय विकासको साझेदारीका लागि १६ लाख, विपन्न तथा गरिब महिलाका लागि कुखुराका चल्ला वितरण गर्ने ३ लाख ८१ हजार ३ सय, एकल व्यक्तिहरुलाई २४ सयका दरले १२ लाख, अपाङ्ग सहायक समाग्री वितरणका लागि ७ लाख २० हजार र खेलकुदका लागि १६ लाख रकम विनियोजन गरेको छ ।

यस्तै ग्रामिण कुखुरा विकास कार्यक्रमका लागि ७ लाख, पशु सुत्केरी र पोषण भत्ताका लागि १० लाख, साना किसान सुदृढिकरण परियोजनाका लागि १ करोड ५० लाख, तरकारी खेती खाद्यान्न बालि विकासका लागि २० लाखका दरले ४० लाख रकम विनियोजन भएको छ ।
यस्तै पर्यटन पूर्वाधार विकास तथा यसको प्रचारप्रसारको लागि २० लाख, घरेलु तथा साना उद्योग विस्तार, संरक्षण तथा सम्बद्र्धनका लागि ४५ लाख रकम विनियोजन गरेको छ ।

यस्तै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको तथ्थांक संकलन र अन्य आवश्यक कामको लागि ६० लाख, औद्योगिक क्षेत्र बस्ती व्यवस्थापन गर्नका लागि ३० लाख रुपैया विनियोजन गरेको छ । यस्तै कोरोनाबाट मृत्युभएका मृतक परिवारलाई ४० हजार, कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि अहोरात्र खटिने जनप्रतिनिधि र कर्मचारीहरुलाईका लागि प्रोत्साहन २ करोड २४ लाख रकम विनियोजन गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रबार