तीन जना युवक मिलेर एक १७ वर्षीया किशोरीलाई दोस्रो तल्लाबाट तल फालिदिएको घटना सार्वजनिक भएको छ।
भारतको उत्तर प्रदेशको मथुराका ती किशोरी गम्भीर घाइते भएको र नोयडाको एक अस्पतालमा उपचार भइरहेको बताइएको छ।
प्रहरीले तीनै जनाको खोजी कार्य सुरु गरेको छ। किशोरीका भाइका अनुसार सोमबार राति करिब ८ बजे फोन आएको र उनीहरुले घरको ठेगना मागेर जबर्जस्ती घरमै घुसेका थिए।
मोटरसाइकलमा आएका उनीहरुले परिवारका सदस्यहरुलाई कुटपिट गरेका थिए।
लगत्तै ती किशोरीलाई माथि दोस्रो तल्लामा लगेर तल फालिदिएका थिए ।
प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्