कोहलपुर, बाँकेमा कोभिड–१९ का कारण मृत्यु भएका नागरिकलाई राहत प्रदान गर्नको लागि प्रारम्भिक प्रक्रिया शुरु भएको छ । कोभिड–१९ को पहिलो लहरमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आश्रित परिवारलाई राहत रकम दावीका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले आह्वान गरेको हो ।
सोका लागि निवदेन दिन पनि कार्यालयले सार्वजनिक सूचना जारी गरेर मृतक परिवारका हकदारलाई आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टद्धारा हस्तारित सूचनामा विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को पहिलो लहरबाट ज्यान गुमाएका आश्रित परिवारलाई राहत स्वरुप रकम उपलब्ध गराउने गरी लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट पत्र सहित अख्तियारी आएको उल्लेख गरिएको छ ।
सोही अनुसार राहत रकम पाउन योग्य मृतकका नजिकका हकदारले आवश्यक कागजात सहित कार्यालयमा तोकिएको मितिभित्र सम्पर्क राख्न अनुरोध गरिएको छ । सहायक प्रजिअ बिष्टले यहिँ असार १५ गते भित्र आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालयमा आउन सबैको जानकारीका लागि आह्वान गरिएको बताए । कार्यालयमा जाँदा मृतकका नजिकका हकदारहरुले जिल्ला प्रशासन कार्यालय बाँकेले तोके अनुसारका कागजात समेत सगै निवेदन दिनुपर्नेछ ।
राहत रकम दावी गर्दा मृतकका नजिकको हकदारको निवदेन, कोभिड–१९ संक्रमण पुष्टि हुने प्रयोगशालाको प्रतिवेदन पेश गर्नुपर्ने उनले बताए । विष्टका अनुसार कोभिड–१९का कारण उपचारको क्रममा मृत्यु भएको हो भन्ने स्वीकृत चिकित्सकका प्रतिवेदन, नजिकको हकदानर देखिने प्रमाण(नाता प्रमाणित सहित), मृत्यु दर्ता प्रमाणपत्र, स्थानीय तहको सिफारिस र रकम प्राप्त गर्नको लागि बैंक खाता नम्बर( चेकबुकको फोटोकपि) रहेका छन् ।
२०७७ साल वैशाख १९ गते पहिलो संक्रमित फेला परेको बाँकेमा जेठ ३ गतेबाट मृत्युको सिलसिला शुरु भएको थियो। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, २०७७ वैशाख १९ गतेदेखि चैत्र मसान्तसम्मको एक वर्षमा बाँकेमा चार हजार ९ सय ५८ जना संक्रमित भए। त्यसमा चार हजार ७ सय २ जना डिस्चार्ज भए । ५८ जनाको मृत्यु भएको थियो । कोरोनाका कारण नेपालमा मृत्यु हुने युवक दोस्रो कोरोना संक्रमित हुन् ।









प्रतिक्रिया दिनुहोस्