लाइसेन्स परीक्षा तत्काल नखुल्ने



काठमाडौं ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा तत्काल नखुल्ने यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले जनाएको छ।

बायोमेट्रिकका लागि प्रतिक्षामा रहेका सेवाग्राहीहरूको हकमा यातायात व्यवस्था विभागले अर्को सूचना जारी नहुँदासम्म सेवा स्थगित रहेको बताएको छ।

लाइसेन्स नवीकरणको काम भने आजदेखि सुरू हुने उल्लेख गरिएको छ। त्यस्तै ट्रायल परीक्षा उत्तीर्ण भएकाहरूको राजश्व संकलन समेत थालिएको कार्यालयले जनाएको छ।

२०७७ भदौ महिनासम्म परीक्षा दिनेहरूको स्मार्ट लाइसेन्स प्राप्त भएकाले सो पनि वितरण थालिएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ८ गते मंगलबार