पोखरा ।
गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
उनका प्रेस सल्लाहकार विक्रम न्यौपानेले दिएको जानकारीअनुसार गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेका छन् । स्रोतका अनुसार जसपा र राजमोका संसदीय दलको नेताको हस्ताक्षरसहितको पत्र बुझाइएको छ ।
सो पार्टीका सांसदहरु भने शुक्रबार नै कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए ।
प्रकाशित मिति : २०७८ जेठ २९ गते शनिबार









प्रतिक्रिया दिनुहोस्