माग पूरा नभएको भन्दै राजपुर गाउँपालिकामा तालाबन्दी



शिवु खनाल, देउखुरी, १९ माघ

दाङको राजपुर गाउँपालिकामा ताला लगाइएको छ । कार्यपालिका सदस्यहरूले आफुहरूकाे माग पूरा नभएको भन्दै साेमबार गाउँपालिकामा तिनवटा ताला लगाइएको हाे ।

राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम राेकाकाे नेतृत्वमा २१ जना कार्यपालिका सदस्यहरूले १४ गते केही माग सहितको ज्ञापनपत्र गाउँपालिकामा बुझाएको थियो ।

आफुहरूकाे माग तत्कालै  ५ दिन भित्र सम्बाेधन गर्न भन्दै गाउँपालिका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाएको राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम राेकाले जानकारी दिए ।

साेमबार बिहान गाउँपालिकामा १० बजे कार्यपालिका सदस्यहरू तिनवटा ताला गेटमा लगाइएको थियाे । चंगुवा प्रहरीले कार्यपालिका सदस्यले लगाएको ताला काटेको छ ।

गाउँपालिकामा र्याली   सहित नारा जुलुस निकाल्ने र धर्नादिने कार्यक्रम रहेको कार्यपालिका सदस्यहरूले जनाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १९ गते सोमबार