यो असंवैधानिक ‘कु’ हो : किरण कोइराला सभापति नेपाली काँग्रेस बाँके



प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरिसकेकी छिन् । आइतबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले संसद विघटनको सिफारिस गरेको थियो । एक्कासी प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेपालको राजनीति अरिस्थरता तर्फ धकेलिएको छ । जनताद्धारा निर्वाचित प्रतिनिधिहरुको संवैधानिक थलो प्रतिनिधि सभा भंग भएको छ । विघटनपछि सदस्यहरु पदमुक्त भएका छन् । तर कतिपयले संसद पुर्नस्थापित हुने समेत अपेक्षा गरेका छन् । सर्वोच्चको निर्णय नआइसकेकोले यसै भन्न सकिने अवस्था पनि छैन । यसैविषयमा हामीले बाँकेस्थित राजनीतिक दलका प्रमुखहरुसँग संसद विघटनका बारेमा तपाईहरुको धारणा के छ भनेर सोधेका छौं । प्रस्तुत छ उनीहरुको धारणा ।

किरण कोइराला सभापति नेपाली काँग्रेस बाँके

संसद विघटन गम्भीर गल्ती हो । यो असंवैधानिक ‘कु’ हो । यसले सार्वभौम संविधानको अपमान भएको छ । यो समय संसद विघटन गर्ने राजनीतिक अस्थिरता निम्त्याउने समय होइन । सरकारले कोरोनाका विरुद्धमा शसक्त रुपमा अघि बढ्न सकेन । राजनीतिक सहमति समेत जुटाउन सकेन । तर अस्थिरताको विजोरोपण गरेको छ । नेकपाको वर्तमान सरकारलाई बहुमत थियो । कुनै पनि लडाइ थिएन । संसद विघटन भयो, यो गल्ती हो । काँग्रेस पार्टीले यसको विरोध गरिसकेको छ ।

सडकमा जाने निर्णय गरिसकेको छ । अब जिल्लाहरुमा समेत विरोधका कार्यक्रम हुन्छन् । यद्यपी अहिलेसम्म कुनै आधिकारिक निर्देशन प्राप्त भइसकेका छैन । त्यसैले पार्टीको निर्णय अनुसार हामी अघि बढ्छांै । अब यो केश सर्वौच्चमा जान्छ । अदालतले संविधान अनुकुल निर्णय गर्छ । यसले कम्तिमा जनताको अपमान गर्ने छैन । बाँकेमा विरोधका गतिविधि गर्न निर्देशन प्राप्त भइसकेको छैन । नेपालको राजनीति संकटतिर गएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ६ गते सोमबार