गृहनगर कोहलपुरमा अधिकारीको स्वागत



कोहलपुर ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदमा निर्वाचित चक्र बहादुर अधिकारीलाई गृहनगर कोहलपुरमा स्वागत गरिएको छ ।

केन्द्रिय सदस्यमा निर्वाचित भएपछि पहिलोपटक कोहलपुर आएका अधिकारीलाई बुधबार कोहलपुर उद्योग बाणिज्य संघले स्वागत गरेको थियो । उनी कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष समेत हुन् ।

उनीलाई स्वागत गर्नको लागि संघका पदाधिकारी तथा व्यवसायीहरु नेपालगन्ज विमानस्थलमा पुगेका थिए ।

संघले समेत कोहलपुरमा औपचारीक कार्यक्रमको आयोजना नै गरेर नवनिर्वाचित केन्द्रिय सदस्य अधिकारीलाई स्वागत तथा सम्मान गरेको थियो । कोहलपुर उद्योग बाणिज्य संघबाट नेपाल उद्योग वाणिज्य महासंघमा पहिलोपटक प्रतिनिधित्व भएको छ ।

बाँकेबाट केन्द्रिय सदस्यको लागि ३ जना चुनावी मैदानमा उत्रिएपनि निर्वाचित हुने अधिकारी मात्र एक हुन् ।

नेपालगञ्ज उद्योग बाणिज्य संघले उठाएका अन्य दुई उम्मेवारहरु भने पराजित भएका थिए । स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अधिकारीले व्यवसायीका हकहितमा आफुले सकेजती काम गर्ने प्रतिबद्धता जनाए ।

बैजनाथमा निर्माण हुने औद्योगिक क्षेत्रको विकास र निर्माणका लागि आफु लागिपर्ने उनले बताए । आफ्नो प्रमुख लक्ष्य भनेको नौवस्ता औद्योगिक क्षेत्रको निर्माण गर्ने रहेको बताउँदै अधिकारीले औद्योगिक क्षेत्र निर्माण नभए आन्दोलन गर्ने चेतावनी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर १८ गते बिहीबार